Logo

बाबु त्रिपाठीको सम्झनामा वरिष्ठ साहित्कार ईन्द्रबहादुर राई



काठमाडौं, २३ फागुन । भारतको दार्जिलिङ निवासी तथा नेपाली साहित्यका वरिष्ठ कथाकार ईन्द्रबहादुर राईको निधन भएको छ । उनलाई गजकार बाबु त्रिपाठी यसरी स्मरण गर्छन् ।

बिर्तामोडबाट सुमो चढ्यौँ । पशुपतिनगर लगेर सुमोले छाडिदियो । मेरी श्रीमतिले भारु साटिन । अनेकौँ डरलाग्दा घुम्ती छिचोलेर हामी दार्जलिङको रेल स्टेशन पुग्यौँ । त्यति नजिकबाट रेललाई पहिलो चोटी नियाल्यौँ । नाकमा अनौठो गन्ध आएर ठोक्कियो । स्टेशनको भित्तामा ‘ममता बेनर्जी’ उभिएकी थिइन् गोलो ताम्रपत्रमा ।

कमिलाका ताँतीजस्तै लश्कर लागेर गुडिरहेका भुरा गाडीहरूको बानी चैँ खुब मनप¥यो मलाई । उनीहरू एकआपसमा एकले अर्कोलाई उछिन्न हानाथाप गरेको चैँ देखिनँ । नियम पालन गरेकै देखियो । यहाँ भए त बाफ रे बाफ ।

ठूला गाडीहरू कम देखिनुको कारण मैले पत्ता लगाउन सकिन । सायद ठूला गाडीहरू गुड्ने सडक अन्तै पो थियो कि । आदिकवि उभिनुभएको चोकमा पुग्यौँ र सालिक अगाडिको पसलमा छिरेर ‘ इन्द्र बहादुर राई सरको घर कता हो ?’ सोध्यौँ । पसलमा बस्नु भएको एक भद्रले आईबी सरको घर त ‘उतातिर हो’ भनेर चोर औँलाले देखाइदिनु भो । उताका आई बी सर साँझ पर्न थालिसकेको थियो ।

घर खोज्दैमा सात बज्यो । घर पनि पत्ता लाग्यो । घरको ढोकामा उभिएर घण्टी बजाएँ । एक युवतीले घरक्क दैलो खोलिन् । मैले भनेँ–‘इन्द्र बहादुर राई सर हुनुहुन्छ ?’‘एकछिन है’ भन्दै–उहाँ माथि उक्लनु भो । एकछिन पछि उहाँले नै हामीलाई लिएर माथि जानु भो । ढोकामा उभिनु भएको इन्द्रबहादुर राईलाई श्रद्धाले दुई हात जोड्यौँ ।

उहाँले भन्नु भो, ‘भित्रै जाऊँ ।’ चिया पनि आइपुग्यो । ‘के कति कामले आउनु भो तपार्इँहरू ? ’ ‘घुमघाम सर ।’

मैले आफ्नो दुई वटा पुस्तक उहाँको हातमा राखिदिएँ । उहाँले मेरो किताबमा आँखा डुलाउनु भो । मैले उहाँको घरको कोठामा आँखा डुलाएँ । कैद गर्न सकिने जति चीजलाई आँखामा कैद गरेँ । कोठा नियालेपछि मलाई लाग्यो–जहाँ हामी बसेका छौँ त्यो कोठा, कोठा होइन । संग्रहालय हो । मुखलेचैँ यो कुरा बोलिनँ । मेरी श्रीमतिले मलाई खुब कोट्याइन् कोठो भित्रको सुन्दरता मन परेर ।

‘ए, बाबु यो वर्षको मदन पुरस्कार कुन पुस्तकले जित्यो रु’ यति भनेर एकचोटि चस्मा लिन उठ्नु भो । ‘सेतो धरती । अमर न्यौपानेको ।’ ‘खै, नाममात्र त सुन्ने हो हामीले । पुस्तकहरू यता आउँदैनन् । दार्जलिङ्तिर आउने पुस्तकहरूमा आँखा छैन जस्तोे लाग्छ । जगदीशको ‘अन्तर्मनको यात्रा’ सकेँ । ‘सकस’ पठाइदिएका छन् उनले । शारदा शर्माको पनि आयो । अरुको त खै आएन । ल्याइदिने मान्छे पनि भएनन् । अमरलाई भन्दिनू ‘सेतो धरती’ पठाइदिनु भनेर । म ठेगाना दिन्छु ।’
मैले मुन्टो हल्लाएर उहाँको कुरामा समर्थन जनाएँ र बिर्सिन्छु कि भनेर उहाँका भनाइहरूलाई डायरीमा टिप्दै गएँ । उहाँ बोल्दै जानु भो ।

‘काल जमाना ठीक छैन बाबु र यहाँको समय पनि अलि ठीक छैन । आन्दोलन चर्कीराछ । निस्किहाल्नू । अँ साँच्ची जगदीशलाई भन्दिनू, ‘अन्तर्मनको यात्रा’ पढ्ने मान्छे नबदलिरहन सक्दैन । यो मेरो पाठक प्रतिक्रिया हो ।’

ठेगाना लेखिएको पर्चा समाएँ र उहाँसँग बसेर पाँच थान तस्बीर खिचाएँ । ती कस्तुरीसँगको लगभग एक घण्टाको संवादपछि हामीले फेरि स्टेशनको बाटो समात्यौँ । अन्धकार भै सकेको थियो बाहिर । मनमा डरले नराम्ररी स्थान जमायो । फर्कँदा पनि नाकमा उही गन्ध आएर ठोक्कियो । भर्खर जगदीश घिमिरेको अन्तर्मनको यात्रा–जीवनोपन्यास सकेको थिएँ ।

“ओथ” हाम्रो स्वास्थ्यप्रतिको प्रयासले अस्पताल परिसरमा गरिब बिरामीहरूको लागि भनेर दुई वटा चन्दा बाकस राख्ने निर्णय गरेछ । चन्दा बाकसमा भनाइ कोट गर्ने जिम्मा मेरो भागमा प¥यो । “बाँचुञ्जेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्युलाई पनि माया गर्न सक्नुपर्छ । जीवन भएकोले मृत्यु भएको हो, जीवन नभएको भए मृत्यु हुने थिएन”–टाइप गरेर बाकसमा टाँसिदिएँ । अनि पुछारमा टाँसिदिएँ, “जीवन तपाइँको कोशिस हाम्रो, यो सहयोग तपाईँकै लागि हुन सक्छ ।”
तर सबैभन्दा पुछारमा लेख्न बिर्सिएँ, जगदीश घिमिरे ।

पैसाले चन्दा बाकस भरिइरहन्छ । त्यै बाकसमा भरिएको पैसाले गरिब बिरामीहरूले निःशुल्क उपचार आजसम्म पनि पाइरहेका छन् । २०६८ मा संस्कृतिविद् सत्यमोहन जोशीसँगै यी कस्तुरीलाई हामीले अस्पतालमा स्वागत गर्दा बाकस देखाउन पर्ला भन्ने सोच बनाएको थिएँ, त्यो बेला पनि बिर्सिएँ ।
भनाइले असर पार्दो रहेछ । अन्तर्मनको यात्रापछि चाल पाएँ ।

अहिले चन्दा बाकस दुईबाट बढेर पाँच पुगेको छ । पाँच वटै बाकसमा भनाई उही राखिएको छ । तर पुछारमा जगदीश घिमिरे नलेखेकोमा बहुत पश्चाताप भयो पछिसम्म । चिनजान भएपछि माफी पनि मागेँ ।

दार्जलिङबाट फर्किएपछि ज्ञानुवाकर पौडेलको निवासमा गएँ र त्यहीँबाट फोन गरेँ अनि भन्दिएँ, ‘अन्तर्मनको यात्रा पढ्ने मान्छे नबदलिरहन सक्दैन । सर, यो भनाई इन्द्र बहादुर राईको हो । मैले त उहाँको सन्देश जस्ताको तस्तै हजुरलाई भनेको ।’

त्यस दिन लामो हाँसो हाँस्नु भो जगदीश घिमिरे र भन्नु भो–‘धन्यवाद बाबु । राईजीले मेलमा पनि तपाईँले भन्नु भएको पाठक प्रतिक्रिया पठाइदिनु भा’छ । फेरि पनि तपार्इँलाई धन्यवाद ।’ इन्द्र बहादुर राईको यो भनाई अभिव्यक्तिको अन्तिम पृष्ठमा छापियो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

साहित्यकार राईको बारेमा

नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ। उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको बताइएको छ। दार्जिलिङ निवासी नेपाली मूलका भारतीय नेपाली साहित्यकार राईले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा दिएको योगदान अमूल्य छ।

नेपाली भाषा साहित्यको क्षेत्रमा उनले दिएको योगदानका कारण उनी विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भएका छन्। वि।सं। १९८४ माघ १७ गते दार्जिलिङको खर्साङमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राई निम्न आय भएको परिवारमा जन्मेका भए पनि पढाइलाई भने उनले महत्त्व दिइराखे।

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका राईको पहिलो पुस्तक विपना कतिपयु हो। यो सन् १९६१ मा प्रकाशन भएको हो। प्रेमचन्द्र, रवीन्द्रनाथ टैगोरबाट प्रभावित राई समरसेट ममका पनि राम्रा पाठक हुन्। उनको पहिलो कथा रातभरि हुरी चल्योुलाई मानिन्छ।

नेपाली साहित्यमा ईश्वर बल्लभ र वैरागी काइँलासँग मिलेर दार्जिलिङ सरकारी महाविद्यालय पढ्दा सन् १९६३ मा नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलन सुरु गरेका राईले पछि लीलालेखनमा ध्यान केन्द्रित गरे।

लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको कठपुतलीको मनु कथासंग्रहलाई लिइन्छ। यस कृतिलाई नेपाली साहित्यमा उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानिएको छ।

उनले नेपाली उपन्यासका आधारहरूु समालोचना कृतिका लागि सन् १९७५ को साहित्य अकादमी पुरस्कारु प्राप्त गरे। राईका विपना कतिपय ९कथासंग्रह, सन् १९६१०, आज रमिता छ उपन्यास, सन् १९६४०, कठपुतलीको मन ९निबन्धसंग्रह, सन् १९८९०, कथास्था ९कथासंग्रह, सन् १९७२०, सेतो ख्याकको बनोट र बुनोट समालोचना लेखे।

यस्तै वि।सं। २०६३०, टिपेका टिप्पणीहरू ९समालोचनासंग्रह, सन् १९६६०, नेपाली उपन्यासका आधारहरू समालोचनासंग्रह, सन् १९७४०, सन्दर्भमा ईश्वरबल्लभका कविता ९समालोचना, सन् १९७६०, साहित्यको अपहरण स् मार्क्सवादी प्रतिवद्धता ९समालोचना, सन् १९८३०, दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी ९सन् १९८४० लेखे ।

यस्तै पहाड र खोला ९निबन्धसंग्रह, सन् १९९३०, अर्थहरूको पछिल्तिर समालोचना, सन् १९९४०, पृष्ठ पृष्ठ ९समालोचना, सन् १९९५०, लेखहरू र झ्याल निबन्धसंग्रह, सन् २००००, लीला प्रस्तावना ९समालोचना, वि।सं। २०५९० कृति प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस्