Logo

संगीलार्इ डाँडामा पर्खेर: रसुवाली कवि



काठमाडौं, २४ फागुन ।

शिर्षकः संगीलाइ डाडामा पर्खेर

हाम्रो भेट जता पनि हुन् सक्छ
चौतारामा
मसानघाटमा
सुदुर गाउको पधेरोमा
असनको ओखति दोकानमा
आमसभामा
ससुराली जादा जादै उकालोमा
त्रिशुली बजारमा
फलाखु दोभानमा
हो हाम्रो भेट जता पनि हुन् सक्छ
तर म तिमीलाई चौतारामा कुरेर बसेको छु
हेर्दैछु
तल सलाखु खोलामा लुगा धोइरह्ने बहिनि को हुन्
भारी बोकेर उकालो चढ्ने आमाको दुख कति छन
बनमा बाख्रा डुलाईरहेकी संगीनीको उमेर कति भयो
आउ संगी माथि नै आउ
पहाडी डाडामा बसेर प्रिरतीका कुरा गर्नुछ
प्रिरतीका के कुरा
दुखसुखका कुरा गर्नुछ
दुस्खमा बाच्नेहरुलाइ पनि प्रेम लिएर
आउँछ नी हाम्रो ८ मार्च



प्रतिक्रिया दिनुहोस्