Logo

सभामुखमा माओवादी केन्द्रका नेता महरा निर्विरोध



काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन । औपचारिक घोषणा भने भोलि हुने संसद सचिवालयले जनाएको छ ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्