Logo

कांग्रेस सुस्ताएको बेला तरुण दलको अर्थपूर्ण भेला !



काठमाडौं, २५ फागनु । कांग्रेस सुस्तायको बेला नेपाल तरुण दलले जिल्ला अध्यक्षहरूको एतिहासिक पहिलो राष्ट्रिय भेला हिजो २४ गते नगरकोटमा सम्पन्न गरेरको छ । उक्त भेलाले सबैतिर प्रशंसा समेत बटुलेको छ ।

निर्वाचन पछि कांग्रेसको समिक्षा बैठक समेत बस्न सकेको छैन । नेबिसघ भित्र चरम विवाद भैरहेको छ । अन्य भातृसंस्था सिथिल छन ।

केही युबा नेताको नाम सस्तो खालको प्रचारबाजि मात्र गरिरहेको बेला तरुण दलले देशभरि कै अध्यक्षहरु बोलायर तीन दिनसम्म राष्ट्रिय भेला गर्नु निकै नै महत्त्वपूर्ण र एेतिहासिक कार्य भएको भनेर कांग्रेस र लोकतन्त्र प्रेमिहरु सबैले तरुण दलको प्रसम्सा गरेका छन।

निर्वाचनमा नेपाली कांग्रेस पराजय भयपछी कार्यकर्तामा चौतर्फी निरासा छाइरहेको र पार्टी भित्र केहिले सस्तो प्रचारको लागि पार्टी भित्रको बिबाद छताछुल्ल हुने काम गरिरहेका बेला नेपाल तरुण दलले एकताबद्ध बनेर तीन दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ।

उक्त भेलामा मुलुकको समसामयिक राजनीतिको समीक्षा, संगठन निर्माण लगायतका विषयमा छलफल हुनुका साथै तरुण दलका जिल्ला अध्यक्षहरूले आफ्नो धारणा राखेका थिए ।

तरुण दलका अध्यक्ष जित जंग बस्नेतको अध्यक्षतामा फागुन २२, २३ र २४ गते तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सफलता पुर्बक सम्पन्न गरिएको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिए ।

भेलाको एक विशेष कार्यक्रमका बिच २३ गते दिउँसो ३ बजे पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका थिय र २४ गते बरिस्ठ नेता रामचन्द्र पौडेललेको प्रमुख आतिथ्यमा समापन भयको थियो । भेलामा सहभागी हुन झन्डै ६० जिला भन्दा बढी अध्यक्षहरु राजधानी हुँदै नगरकोट पुगेका थिए ।

महासचिव शाहीले राष्ट्रिय भेलाले मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा सामसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठन चुस्तदुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा नगरकोट घोषणा पत्र जारी गरिएको बताए ।

महासचिव शाहिका अनुसार राष्ट्रिय भेलाले विभिन्न विषयमा बृहत छलफल गरेर तरुण दलको आगामी कार्ययोजना समेत तयार पारेको छ।



प्रतिक्रिया दिनुहोस्