Logo

अपाङ्गतायुक्त विद्यार्थीलाई मोबाइल



इलाम, २६ फागुन । दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ ।इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एण्ड डेभलपमेण्ट नेपालका अध्यक्ष डा वीरेन्द्रराज पोख्रेलले बताउनुभयो ।

२५ जनालाई परिचयपत्र

फाकफोकथुम गाउँपालिका वडा नं १ र २ मा २५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

करुणा फाउण्डेशन नेपालको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा वडा नं १ को ठिंगेपुर र वडा नं २ को कोल्बोटेमा भएको शिविरमा एक रातो , सात नीलो, ११ पहेँलो र छ जनालाई सेतो परिचयपत्र वितरण गरिएको फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्