काठमाडौं, २६ फागुन। विश्वकप छनोट अन्तरगत अहिले नेपालले अफगानिस्तानलाई १९५ रनको टार्गेट दिएको छ ।
टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रनमा समेटियो । नेपालले १३ रन जोड्दा ओपनर अनिलकुमार साह क्याच आउट भएका थिए ।
त्यस्तै कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।