Logo

एमाले माओवादी संसदमा एक पार्टीको हैसियतमा !



काठमाडौं २७ फागुन । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एकै पार्टीको हैसियतमा प्रस्तुत हुने भएका छन् । त्यसका mलागी उनीहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र को संसदीय दलको संयुक्त बैठक आज आइतबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक मध्याह्न १२स्३० बजे बस्नेछ ।

संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । अपराह्नपछि हुने विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ ।

विश्वासको मतदानमा मधेश केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने विश्वास गरिएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्