Logo

घमिर रुपन्देही सेवा समाजद्धारा रक्तदान कार्यक्रम



नेत्र बिक्रम बिमली

बुटवल, २७ फागुन । घमिर रुपन्देही सेवा समाज तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र बुटवलमा सम्पन्न गरेको छ ।

गुल्मी स्थाइ घर भई बुटवलमा विभिन्न पेसा व्यवसाय गरेर बसेका घमिर बासिहरुको समाजको यो पहिलो कार्यक्रम भएको समाजका अध्यक्ष पुर्व प्रहरी निरीक्षक चुराबहादुर कार्कीले बताएका छ्न ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र बुटवलमा मासिक ११ सय युनिट भन्दा बडि रगतको आबस्यक रहेको छ भने मासिक २ सय युनिट भन्दा बडि सेतो रगतको आवश्यक पर्ने गरेको केन्द्रका वरिष्ठ प्राविधिक निरन्जनराज भण्डारीले जानकारी दिएका छ्न ।

रगत नपाए बुटवल जानू भन्ने नारा नै रहेको समेत रहेको पाइन्छ । यहाँ संकलन भएको रगत आबस्यक अनुसार चितवन, पाल्पा, भैरहवा, दाङ, कपिलवस्तु समेत पठाउने गरेको केन्द्र कि बरिस्ठ प्राबिधिक राधा शर्माले बताइन् ।



प्रतिक्रिया दिनुहोस्