Logo

नरहरीनाथ गाउँपालिका अध्यक्ष बिष्ट विकासमा जुटे



कालिकोट, २७ फागुन । जिल्लाका ९ वटा स्थगानीय तह मध्यको एक गाउँपालिका हो नरहरीनाथ गाउँपालिका । उक्त गाउँपालिका अध्यक्ष हुन धीर बहादुर बिष्ट । लामो समय शिक्षण पेशामा रहेर अनुभव बटुलेका बिष्ट गाउँपालिका अध्यक्ष भएदेखि नै  भौतिक संरचना निमार्णमा जुटेका छन् । उनलाई गापा उपाध्यक्ष मनशोभा बुढा र स्थानीय जनताको ठूलो भरोसा साथ मिलेको छ ।

कर्णाली रोजगार कार्यक्रम अन्तर्गत नरहरिनाथ गापा वडा नं १ को बाउसेरा देखि राउतेवाडासम्मको २ किलो मिटर सडक निमार्ण गर्नको लागि जुटेका छन् । तत्कालका लागि उक्त सडकखण्डमा १ करोड २२ लाख वजेट छुट्याईइको अध्यक्ष विष्टले बताए ।



प्रतिक्रिया दिनुहोस्