Logo

उपसभामुखको चयन आगामी चैत २ गते



काठमाडौं २८ फागुन । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्