Logo

कमल बिसी माल्दाई गायकबाट मोड्लीङमा ड्ब्यु – भिडियो सहित



काठमाडौं, २८ फागुन । चर्चित लोकदोहोरी गायक अर्थात बर्दियाली ठिटो कमल बिसी माल्दाई आफ्नो गर्लफ्रेण्ड खोज्न सार्वजनिक रुपमै आएका छन । आफ्नो पछील्लो र फरक शैलीको लोकपप गीत “गर्लफ्रेण्ड छैन” लिएर बजार तताउन आईपुगेका लोकप्रिय गायक माल्दाईले यसै गीत मार्फत आफु अझै खाली रहेको दावी गरेका पनि छन ।

भर्सस्टायल गायक कमल बिसी माल्दाईको आफ्नै स्वर, शब्द र संगित मात्र नभएर मोडलिङ पनि रहेको यो गीती भिडियोमा बिक्रम चौहान र आरुशी मगरले अभिनयमा भरपुर साथ दिएका छन ।

प्रकाश खड्काले छायांकन गरेका छन भने भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन । बिक्रम चौहानले निर्देशित यो म्युजिक भिडियोलाई वाउ नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्