Logo

कालिकोटको पलातामा १५ शैयाको अस्पताल निर्माण हुने



विश्वनाथ सिम्खाडा : कालिकोट, २८ फल्गुण । जिल्लाको पलाता गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार पालाका स्वास्थ्यमन्त्रीका स्वकिय सचिव निराजनबमले मंगलबार मदन होटलमा पत्रकार सम्मेलन गरेर पलाता गाउँपालिकामा १५ शैया क्षमताको अस्पताल निर्माणको कार्य अगाडी बढेको जानकारी दिएका छन् ।

जिल्लामा पनि १५ शैयाको अस्पताल संचालनगर्न चुनौति रहेको बेला कसरी बिकट पलातामा सम्भव हुन्छ ? भनेर सञ्चारकर्मीले साधेको प्रश्नमा बमले भने, ‘आफुु स्वास्थ्य पुर्वमन्त्री बोहोराको स्वकिय सचिव भएको बेला जिल्लामा बिभिन्न क्षेत्रको विकासका लागि ठुलो सम्भावना देखेको थिए।’

उनले अघि थपे,‘ देउबा सरकारको बेलामा मैले जिल्ला अस्पतालमा बिभिन्न सामाग्रीहरु, पलातामा १५ शैयाको अस्पताल बनाउन मन्त्रीपरिषदबाट निर्णय गराएको थिए र पलाताको थिर्पुमा रहेको लघु जलविद्युत आयोजनामा पोल खरीदका लागि नेपाल बिद्युत प्राधिकरणबाट १८ लाख वजेट विनियोजन गर्न लगायको लगायतका कामहरु गरेको अनुभव छ, गरे के हुँदैन, हामी सबै मिलेर केही गरौँ, सम्भव छ विकास र समृद्धिको अभियान ।’

राप्रपाविद्यार्थी संगठनका वरिष्ट उपाध्यक्ष समेत रहेका बमले गत माघ १० गतेको मन्त्रीपरिषदको निर्णय अनुसार पलाँता गाउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्न औपचारीक रुपमा स्वीकृति पाएको बताए । उनले भने,‘ पलाता अब पलातानभई विकास र समृद्धिका लागि कालिकोट कै नमुना गाउँपालिका बनाउने हो, हामी त्यस अभियानमा छौँ ।’ बम सम्पन्न प्रदेश सभाको निर्वाचनमा राप्रपा प्रजातान्त्रीकबाट जिल्लाको क्षेत्र नम्बर ‘ख’ बाट समानुपातिक उम्मेद्धार बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्