Logo

चलचित्र ‘पञ्चायत’ हेर्नको लागि नायिका थापाले गरिन् यस्तो आग्रह..



काठमाडौं, ३० फागुन । लोकप्रिय नायिका एवम् अभियान्ता रेखा थापाले आगामी चैत्र २ गतेबाट प्रदर्शनमा आउने चलचित्र पञ्चायत हेर्नको लागि दर्शकहरुलाई आग्रह गरेकी छन् ।

आफ्नो फेशबुकमा उक्त चलचित्रको ‘प्रिमियर शो’ हेरेको र सबैले हेर्नैपर्ने चलचित्र बनेको दावि गर्दै यस्तो आग्रह गरेकी हुन। केही दिन अघि मात्रै मुलुकका पूर्व प्रधानमन्त्रीले समेत हेरेर प्रतिक्रिया दिएका थिए ।

उनले लेखेकि छन्,‘नारीसङ्ग गहिरो सम्बन्ध राख्ने चलचित्र हो, पञ्चायत।नेपाली समाजका महिलाहरुका सामाजिक र प्रतीकात्मक भूमिकाहरुलाइ पितृवंशीय हिन्दु समाजमा तिनीहरुको स्थानसङ्ग जोडेर प्रस्तुत गरिएको कथा हो, पञ्चायत यसले हिन्दु समुदायको संस्कारमा महिला सम्बन्धी धारणालाई राम्रैसङ्ग केलाएको छ ।

ट्रेन्ड भन्दा बाहिर गएर यत्तिको चलचित्र बनाउनु कुनै सजिलो काम होइन । यसका लागि चलचित्रको सम्पूर्ण युनिटलाई बधाई दिन चाहन्छु । लेखक तथा निर्देशक सिभम अधिकारी जो हाम्रो आगामी फिल्म ‘लाल मस्तिस्क को स्क्रिप्ट लेखन गर्दै हुनुहुन्छ । चलचित्र ‘पञ्चायत’ यती गहनसिल बिषय उठान गर्नुभएकोमा हार्दिक धन्यवाद ।चलचित्र पञ्चायत चैत २ गतेबाट सम्पूर्ण सिनेमाघरहरुमा लाग्दैछ । सकेसम्म नछुटाउनु होला ।



प्रतिक्रिया दिनुहोस्

Screenshot