Logo

प्रधानन्यायाधीश मै हुँ, अदालत जाने नजाने निर्णय गर्दैछु : पराजुली



काठमाडौ १ चैत । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफु प्रधानन्याधीश नै रहेको दावी गरेका छन् । न्याय परिषद् सचिवलाई प्रधानन्यायाधीशलाई अवकाश दिने पत्रनमान्ने र त्यो पत्र मान्ने हो भनेपनि थप एक बर्ष बस्न पाउने उनले तर्क गरेका छन् । नेपाली बहसमा ऋषि धमलासँग कुराकानी नै प्रधानन्यायाधीश पराजुलीले षड्यन्त्रपूर्वक पत्र काट्ने काम भएको र सचिवलाई पत्र काट्ने अधिकार नभएको बताएका छन् । उनले न्यायालयमाथि राजनीति भएको र गुटा आधारमा न्यायाधीश चलेको बताए ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल नरहेको भन्दै पत्र काटेपछि उत्पन्न विवादका बीच प्रधानन्यायाधीश पराजुलीले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गरेका हुन।

प्रधानन्यायाधीश पराजुलीले भने, ‘त्यो पत्रको कुनै महत्त्व पनि छैन, सचिवालयलाई क्षेत्राधिकार पनि छैन। त्यो पत्र कायम हुन सक्दैन।’ आफु नियमित अदालत जाने र काम गर्ने बताए । न्यायलयलाई सुनियोजित तरिकाले संकटमा पारेको पनि उनले आरोप लगाए ।

‘जसलाई निर्णय गर्ने अधिकार हुन्छ त्यसले मात्र त्यो दफा प्रयोग गर्न पाउने अधिकार हुन्छ। न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन।’

यसअघि न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त प्रमाणपत्रका आधारमा पराजुलीको ६५ वर्षे हद गत साउनमै पूरा भइसकेको भन्दै उनी अब पदमा बहाल नरहेको पत्र काटेका थिए।

https://www.youtube.com/watch?v=EBi2uCGPNm0



प्रतिक्रिया दिनुहोस्