Logo

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा



चितवन, १ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक-एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो ।जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उहाँले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्