Logo

रेडक्रस झापाको अध्यक्षमा ढकाल



नेत्र बिक्रम बिमलीः भद्रपुर, २ चैत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको ४४ औं साधारण सभाले सञ्चार कर्मी तथा समाज सेवि लोक राज ढकालको सभापतित्वमा कार्यसमिती निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकारी देवि प्रसाद गौतमले बताएका छ्न ।

सञ्चार कर्मी समेत रहेका ढकाल झापा रेडक्रसको सभापतिमा तेस्रो कार्यकालको लागि निर्बिरोध निर्वाचित भएका हुन ।

४४ औं साधारण सभाबाट निर्बिरोध निर्वाचित सदस्यहरु देहाय बमोजिम रहेका छ्न ।
कृस्णकुमार मैनाली ,विश्व थापा ,प्रकाश चन्द्र खरेल ,हेम खड्का ,चन्द्र प्रसाद चुडाल ,मित्रदेव काफ्ले ,कणखर प्रसाईं ,लिला गुरागाइ ,मन्जु सिटौला पोखरेल ,ओम प्रकाश गौतम ,सरस्वती सिटौला ,हेम प्रसाद राजबन्सी

नेपाल रेडक्रस सोसाइटी झापामा २६वटा उप शाखा रहेका छ्न भने २० हजार भन्दा बडि सदस्य रहेको पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्