Logo

छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ



काठमाडौं ३ चैत । महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ गरेको छ ।

छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्की निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ललितपुरका अध्यक्ष पनि हुन । प्रहरी स्रोतका अनुसार कार्कीले करिब १७ वर्षीया एक छात्रालाई होस्टेलमा दुब्र्यवहार गरेपछि ती छात्राले उक्त घटना बारे आफ्नो परिवारलाई जानकारी गराएकी थिईन् । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्