Logo

तिलागुफा नगरपालिका ५ बर्ष भित्र सम्बृद्ध बन्छ: प्रमुख शाही



लंकराज धमालाः सुर्खेत ५ चैत । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकालाई ५ बर्ष भित्र समृद्ध बनाउन आफु कम्मर कसेर लागि रहेको नगरपालिका प्रमुख रतन शाहीले बताए । रिपोर्टर्स क्लब नेपाल प्रदेश कार्यालय सुर्खेतले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन ।

उनले भने,‘मैले सफत ग्रहण गरेको ११ महिनामा ठिन्क्या रुडु सडक खन्ड ९ किलो मिटर , पाखे ढुङ्गगा सडक ७ किलो मिटर, पानिखाल देखि पिपल गौडा ६ किलोमिटर, भैसि गौडा देखि ठिन्केसम्म ६ किलोमिटर सडकको निमार्ण कार्य १ करोड ४० लाखको लागतमा सम्पन्न गरेको छु र १ दर्जन बढि योजना निमार्ण कार्यमा रहेका छन्।’

कार्यक्रममा बोल्दै शाहीले विकासका बजेटलाई विकासमा मात्र लगानी गरेको दाबि गदै नगरपालिकाका सबै जन प्रतिनिधिलाई जिल्ला बाहिर भम्रण हैन नगरपालिकाको कुना कुनामा भम्रण गराउने जानकारी दिए ।

नगरपालिकाका जनतालाई सिहंदरबारका सबै अधिकार स्थानिय निकायमा आएको आएको महसुस गराउने र जनताको हितका लागी काम गर्ने बताए ।

अबको ५ बर्ष भित्र शिक्षामा ८० प्रतिशत सुधार र सामुदायिक बिद्यालयलाई प्रोत्साहन गर्ने गरि नगरपािलकाको १० बर्षिय रणनितिक योजना बनाउन सुरु गरिएको जानकारी दिए ।

प्रत्रकार संघ साक्ष्ताकार कार्यक्रममा बोल्दै नगपालिकाका ३ वटा वडालाई लोकतन्त्र पछि को नेपाल कै पहिलो बालमैत्रि स्थानिय साशन घोसणा गरेको र अबको ३ बर्ष भित्र नगरपालिका लाई नै बालमैत्रि स्थानिय सासन घोसण गर्ने तयारी भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्