Logo

अनेरास्ववियुको सचिवमा ‘एल.वि’ सिंहको दावि



काठमाडौं, ६ चैत । अनेरास्ववियु सरकारको नेतृत्व गरेको प्रमुख दल नेकपा एमालेको शक्तिशाली भातृ संगठन हो ।

पार्टी स्वयम माओवादी केन्द्रसँग एकता प्रक्रियामा जोडिन थालेपछि अनेरास्ववियु र क्रान्तिकारी बीचमा एकताको वहस शूरु भएको छ ।

आसन्न एकता प्रक्रिया र त्यस भन्दा पहिलेको अखिल पुर्नगठनको छलफल लगायतका विषय बस्तुमा केन्द्रीत रहँदै प्रदेश नम्बर ७ का सह–संयोजक एवम् सचिवालय सदस्य लोकेन्द्र बहादुर सिंह ‘एल.बि’सँग धनराज वास्तविकले गरेको गरिएको कुराकानिको सम्पादित अंशः

अखिल र क्रान्तिकारीबीच हुने भनिएको एकताको गृहकार्य कहाँसम्म पुग्यो ?

अखिल र क्रान्तिकारीबीच एकता प्रक्रियाको थालनी हुनुपूर्व एमाले र माओवादी केन्द्रबीच एकता हुन जरुरी छ । तथापि जसरी दुईपार्टीबीच एकताका निम्ति तीव्र वहस भईरहेको छ ।
त्यो भन्दा बढि दु्वै विद्यार्थी संगठनहरु मनोवैज्ञानिक रुपमा एकताको लागि एक कदम अघि बढ्न्पर्छ भन्ने मेरो मान्यता छ । यसको पृष्ठभूमिमा दुवै संगठनमा एकतासँग सम्बन्धित गृहकार्यहरु भईरहेका छन् ।

अनेरास्ववियु पुर्नगठनको तयारीमा छ भनिन्छ, अबको नेतृत्व कसले लिन्छ ?

एउटा चलायमान जीवित संगठन भित्र नेतृत्वको लागि कुरा उठ्नु स्वभाविक छ। हाम्रो संगठन समय भित्र अधिवेशन÷महाधिवेशन गर्दै आएको ईतिहास छ । त्यस कारण महाधिवेशन भएको दुईवर्ष पुगेको र हाम्रो अध्यक्ष नविना लामा सांसद भईसक्नु भएको स्थिति छ ।

यस कारण अनेरास्ववियुको पुर्नगठन अनिवार्य छ । जहाँसम्म अनेरास्ववियुको नेतृत्व कसले लिने भन्ने प्रसँग छ, यसका बारेमा संगठन भित्र नेतृत्वमा रहेर लामो समय योगदान दिएका कमरेडहरु हुनुहुन्छ । त्यस भित्र पनि उपाध्यक्षहरु र महासचिव मध्यबाट नयाँ नेतृत्व आउछ भन्ने अनुमान गर्न सकिन्छ ।

तपाई स्वयम सचिवालय सदस्य हुनुहुन्छ, तपाईको दाबि के हुन्छ ?

अखिलमा विगत ०५८ सालदेखि आजका दिनमा पनि क्रियाशिल छु । स्कुल कमिटि देखि सचिवालयसम्म आईपुग्दा मैले क्रमवद्ध रुपमा संगठनको नेतृत्वमा रहि काम गरेको छु । काम गर्ने क्रममा संगठनलाई कमजोर बन्न नदिन मैले कुनै कसर बाँकि राखेको छैन् । यस कारण मेरो दाबि पनि योगदानका हिसाबले संगठनको सचिव पदमा रहेर काम गर्ने नै हो ।

कहिलेसम्म अनेरास्ववियु पुर्नगठन भएको देख्न पाईन्छ ?

मेरो विचारमा केही दिनमा स्थायि कमिटिको वैठक बस्दैछ । त्यो वैठकले पुर्नगठनका निम्ति वर्तमान केन्द्रीय कमिटिमा रहेका साथीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने मापदण्ड बनाउने छ । त्यसपछि बस्ने केन्द्रीय कमिटिको वैठकले पुर्नगठनको पक्रिया पूरा गर्नेछ ।

एकिकरण पछि बन्ने अखिलकोको नेतृत्व कसले लिन्छ ? अहिलेको अखिल या क्रान्तिकारी ?

मोर्चा संगटनको एकिकरणका लागि एमालेबाट गोकर्ण बिष्ट र माओवादी केन्दबाट गिरीराजमणी पोखरेलको कार्यदल बनेको छ । त्यहि कार्यदलको गृहकार्यबाट आएको परिणाम नै तपाईले सोधेको प्रश्नले उत्तर हुनेछ ।



प्रतिक्रिया दिनुहोस्