Logo

अन्तिम सेतो भाले गैंडाको मृत्यु



केन्या, ७ छैत । विश्वको अन्तिम उत्तरी सेतो भाले गैंडा ‘सुडान’ को केन्यामा मृत्यु भएको छ। ४५ वर्षको उक्त दुर्लभ गैंडा विरामी अवस्थामा थियो। उमेरका कारण गैंडाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

वृद्ध अवस्थामा रहेको गैंडा निकै दुब्लो र अशक्त थियो। उक्त गैंडाको वंश संरक्षणको लागि प्रयासहरु भएका थिए। तर ति प्रयासहरु असफल हुँदै आएका थिए। एक मात्र जीवित यस गैंडालाई हेर्न हजारौको संख्यामा पर्यटकहरु आउने गर्थे।

यो गैंडा सुडानमा जन्मेको थियो। यसलाई सिज चिडियाखानामा ल्याइएको थियो भने त्यहाँबाट सन् २००९ मा केन्या पठाइएको थियो।



प्रतिक्रिया दिनुहोस्