Logo

पर्यटन विकासका लागि वृहत् साहित्य सम्मेलन



लिवाङ, रोल्पा, ७ चैत । ‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने भएको छ ।

रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा आगामी २०७५ जेठ १५, १६ र १७ गते वृहत् साहित्य सम्मेलन हुन लागेको मूलसमारोह समितिका संयोजक डिबी टुहुरोले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा कविता उपाध्याय, सदस्यमा दामु मर्सिफूल, लोककुमार श्रेष्ठ, नवीन लोचन मगर, देवी गुरुङ, गोकर्ण पुन, ओम पक्षी, खेमराज गाउँले र महेन्द्र महक तथा सदस्य सचिवमा दीप दर्पण रहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्