Logo

कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि काठमाडौं सिधा उडान



सुर्खेत ८ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि केन्द्रिय राजधानी काठमाडौंसँग अव सिधा हवाइ उडान हुने भएको छ ।

चैत्र तेस्रो साता देखि सिधा हवाई उडान गरिने हवाइ सेवाप्रदायक कम्पनीहरुले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति जनाएका हुन् ।

ु२०७४ चैत्र भित्र सुर्खेतबाट काठमाडौ सिधा उडानको लागि हामीले वुद्ध एयर र नेपाल एयरलाइन संग संवाद गरिरहेका छौुं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सेरोफेरोलाइ बताए ।

संस्मृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा निजी बायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उक्त छलफलमा बुद्ध एयर र नेपाल एरलाइन्सले चैत्र तेस्रो साताबाट उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशक रुपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले चैत २१ गते बाट उडान सुरु गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्