Logo

नमस्ते नेपाल हातेमालो संस्थाको १९ सदस्सीय नयाँ कार्यसमिति गठन



काठमाडौं, ८ चैत । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको तेस्रो साधारण सभाले रामसरण बानियाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

त्यस्तै सभाले प्रथम उपाध्यक्षमा विश्वराम दुलाल, दृतिय उपाध्यक्षमा गणेश गिरी, महिला उपाध्यक्षमा जमुना कुमारी सापकोटालाई चयन गरेको छ । संस्थाको महासचिवमा दीपक बजगाई चयन भएका छन् ।

प्रथम सचिव अमर खड्का र दृतिय सचिवमा अर्जुन बस्नेत चयन भएका छन् भने महिला सचिवमा सरिता अधिकारी र कोषाध्यक्षमा गणेश जिसीलाई चलयन गरेको छ ।

विगत लामो समय देखि समाजिक क्षेत्रमा काम गर्दै आएको सामाजिक सस्था नमस्ते नेपाल हातेमालो संस्थाले भुकम्प पीडित, बाढि पीडित लगाएको उतथानको लागि सहयोग गरेको छ ।

संस्थाको नयाँ कार्यक्रम समिति सदस्यहरुमा नवराज दाहाल, बाबुराम सिग्देल,जीवनराज पन्त, अर्जुन पौडेल, रामप्रसाद न्यौपाने, भरत बडाल, दुर्गा जिसी, लिला अधिकारी, आदित्य गौतम, कोपिला सापकोटालाई चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्