Logo

सरकारी कार्यालयमा फेशबुक बन्द हुन्छ, बिरोधको कुनै तुक छैन्ः मुख्यमन्त्री शाही



काठमाडौ, ९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सरकारी कार्यलयमा सामाजिक सञ्जाल फेशबुक बन्द गर्ने चेतावनिलाई कायम राखेका छन् ।

सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि आएपछि हामीले मुख्यमन्त्री शाहीसँग फोन सम्पर्क गरेर आधिकारिकताका बारेमा जान्ने कोसिस गरेका थियौं ।

रिपोर्टर्स नेपालसँगको कुराकानिमा मुख्यमन्त्री शाहीले भने,‘जुन रुपमा समाचार आयो त्यो गलत हो, फेशबुक पूरा बन्द गर्नुपर्छ भनेको होईन, सरकारी संस्थानमा बन्द गर्ने र जनतालाई सेवा दिने कुरामा जागरुक हुने भनेको हुँ, यो निर्णय फिर्ता हुँदैन, लागु हुन्छ, जनताको सेवा दिने स्थानमा फेशबुक चलाएर बस्ने, सेवा नदिने, समयको बर्वात गर्ने यस्तो पनि हुन्छ?’

शाहीले भने,’कार्यालय समयमा जनताको काम गर्न आउने हो, फेशबुक चलाउन आउने होईन, जनताको करबाट जागिर खाने कार्यालय समयमा जनताको काम नगर्ने, फेशबुकमा मस्त हुने यो मिल्दैन, त्यसैले मैले फेशबुक बन्द भनेको हुँ ।

उनले अघि थपे,‘मेरो आम सर्वसाधारणलाई पनि अनुरोध छ, यता फेशबुक चलाउने, उता तरकारी जलाउने, काम गर्ने समयमा फशेबुकमा झुण्डीने, सदुपयोग भन्दा दुरपयोग बढि हुने काम भएको खण्डमा फेशबुक माथि नियगमन गर्ने काम राज्य सरकारको हो, अर्को कुरा हामीले समृद्धिको कुरा गर्ने ? यस्तै गर्ने हो भने नेपालको नाम चेन्ज गरेर समृद्ध नयाँ नेपाल राखौँ, काम नगरि बसौं।’

मुख्यमन्त्री शाहीले अघि थपे,‘बिरोध स्वभाविक छ, मैले जनताको लागि यो कदम चाल्ने भनेको हुँ, जनतालाई सहज,सुलभ, छिटो छरितो तरिकाले सेवा दिनेकुराको बाधक फेशबुक बन्छ, अन्य सूचनाका सामाग्री बाहेक सरकारी कार्यलयमा फेशबुक बन्द हुन्छ।’

एनजिओ आईएनजिओको बारेमा मुख्यमन्त्री शाहीले समानान्तर सरकार लयाए जसरी एनजिओहरु लागेको भन्दै प्रदेश सरकारको मातहतमा रही काम गर्नको लागि नियगमन गर्ने बताए ।

उनले भने,‘कर्णाली प्रदेशका गरिबहरुको तस्बिर बेचेर खाने, समानान्तर सरकार चलाउने, मनोमानी रुपमा जनताको बीचमा जाने, हामी आत्म निर्भरका कुरा गछौँ, उनीहरुले जनतालाई परनिर्भरतामा धकेलीरहेका छन्, यस्ता कार्यहरुमा नियगमन हुन्छ, विस्तारै हामी आत्मनिर्भर बन्छौँ र समृद्धि हासिल गर्छौँ।’



प्रतिक्रिया दिनुहोस्