काठमाडौं, ९ चैत । प्रथम पचाल झर्ना महोत्सव २०७४ नयाँ वर्ष २०७५ बैशाख १ देखि ५ गतेसम्म लाग्ने भएको छ ।
कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाको आयोजनामा सम्पन्न हुने उक्त महोत्सवले जिल्लाको पर्यटन विकासमा सहयाग पुर्याउने अपेक्षा राखिएको छ ।
महोत्सवमा स्थानीय कलाकार देखि राष्ट्रिय स्तरका कलाकाहरुको वेजोड प्रस्तुति रहने छ । दक्षिण एशियाकै अग्लो अनुमान गरिएको पचाल झरनाको प्रचार–प्रसार गर्ने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने लक्ष्य राखिएको महोत्सवमा स्थानीय उत्पादनहरुको प्रदर्शन गरिने भएको छ ।