Logo

कालिकोटमा फरक क्षमता भएकाहरुको अनौंठो प्रस्तुति



विश्वनाथ सिम्खाडाः कालिकोट, १० चैत । फरक क्षमता भएका कलाकारहरुले शुक्रबार कालिकोट जिल्लाको मान्ममा जन चेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन ।

दाङ देखि आफ्नो अभियान शुरु गदै कर्णली प्रदेश हुँदै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा जन चेतना मुलक कार्यक्रम गर्दै शुक्रबार मान्ममा अनौंठो प्रस्तुती देखाएका थिए ।

जिल्ला अपाङगता पुर्नस्थापना केन्द्र कालिकोटका अध्यक्ष केशव राज देपकोटाको अध्यक्षता र पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा हात खुट्टा नभएका अपाङगता अथवा फरक क्षामता भएकाहरुले अनौंठो प्रस्तुति देखाएका थिए ।



प्रतिक्रिया दिनुहोस्