Logo

विकासका लागि प्राकृतिक स्रोतको प्रयोग गर्नुपर्छ: सांसद शाही



विश्वनाथ सिम्खाडाः कालिकोट, ११ चैत । कर्णाली प्रदेश कालिकोटका सांसद कुर्मराज शाहीले प्रदेशमा रहेको प्राकृतिक स्रोतहरुको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपाल साखा कालिकोटको साक्षात्कारमा बोल्दै सांसद शाहीले कर्णालीमा रहेको अथाह प्राकृतिक स्रोत साधनहरुको उचित उपयोग गर्न नसकेका कारण यूवा जनशक्ति पलायन भईरहेको बताएका हुन ।

क्लबका अध्यक्ष श्विनाथ सिमखाडको अध्यक्षतामा आयोजित साक्षात्कारमा नेता शाहीले भने,‘कर्णाली मासिहरु सुन्दर प्राकृतिक छटाहरुको सिरान हालेर सुत्छन्, सिरानीभित्र स्रोतहरु राखेर अभावको भिख माग्ने स्थितिको अन्त्यका लागि हामी लागिरहेका छौँ, प्राकृतिक सा्रेतहरुको उचित प्रयोग गर्न नसेकेकै कारण हजारौँ यूवाहरु खाडि मुलुकमा जानु परेको छ, यो समस्या समाधारमा सबै एक जुट भएर रोजगारी सिर्जना गर्न र कालिकोटलाई समृद्धिको मार्गमा लैजानु पर्छ ।’

नेता शाहीले अघि थपे,‘तिला कर्णाली १ र २ मा ९ सय ५० किलोवाट जलविद्युत उत्पादनको क्षमता छ, यसको उत्पादनमा सरकार लागिरहेको छ, कर्णालीमा खपत गरेर अरु प्रदेशमा समेत बेच्न सकिने यस आयोजनाले देखाउछ ।’

नेता शाहीले हाईड्रो पावरको निमार्ण आफनो कार्यकालमा पहिलो प्रथामिकतामा राखेको बताउदै तिला हाईड्रो पावर नयाँ वर्ष बैशाखको पहिलो सातैमा निर्माण कार्य प्रक्रिया शुरु हुने बताए ।

कालिकोट जिल्लाका वर्तमान समस्याहरुको बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘प्रदेश सरकारले कर्णाली राजमार्गमा संचालनहुने गाडिहरुमा साईरन जडान गरिसकेको छ, राजमार्गलाई दुई लेनको बनाउने विषयमा छलफल भईरहेको छ, जिल्ला अस्पताल कालिकोटमा चिकित्सक नभएको स्थितिका बारेमा जानकारी दिएका छौँ, साथै स्वाथ्य मन्त्रालयमा गएर तत्काल चिकित्सक पठाउन दवाफ पनि दिएका छौँ, केही दिन मै चिकित्सक आउनु हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्