धनराज वास्तविक: काठमाडौं, ११ चैत । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रष्ठाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुल नाराकासाथ १७ वर्ष पहिले स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा खुल्ला अर्ना दोहोरी गीत प्रतियोगीता हुने भएको छ ।
आईतबार राजधानीको भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डमा प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’भन्ने मुल नाराकासाथ खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागेको जानकारि गराएको हो ।
चैत १३ गतेदेखि १७ गतेसम्म भृकुटिमण्डपको पुष्प बगैचामा सम्मपन्न हुने प्रतियोगीताको बारेमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको रक्षा र प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागेको बताएका छन् ।
उनले भने,‘यति सुन्दर देशको लोक संस्कृतिलाई बचाउन र मौलिख संस्कृतिको माथि प्रहारलाई रोक्न यस्ता प्रतियोगीताको आयोजना गर्न आवश्यक छ, हामी यहि अभियानमा छौँ, देशभर ४० हजार कलाकार गोलबन्ध भएको वृहत संस्था हो प्रतिष्ठान, हामीले मनमा एउटा रहर पालेको छौँ, लोक संस्कृतिको रक्षासँगै आफ्नै भवन निमार्ण गर्ने,यस कार्यमा सबैकोसाथ सहयोग पाउनेछौँ भन्ने आशा समेत गर्दछु।’
प्रेस विज्ञप्ती वाचन गर्दै अध्यक्ष पंगेनीले भने,‘प्रतियोगीतमा देशभरबाट ४० वटा समुहले भाग लिने छन्, हामीले विगतको अभ्यासलाई भत्काएका छौँ, अन्तर दोहोरी साँझ प्रतियोगितालाई रोकेर खुल्ला लोक दोहोरी गीत प्रतियोगीताको आयोजना गरेका छौँ, अर्ना वियर, सिटि मनिट्रान्सफर यस प्रतियोगीतको मुख्य प्रायोजक रहेका छन्, बिहान १० बजे देखि साँझ ६ बजेसम्म चल्ने दोहोरी गीत प्रतियोगीतामा सबैलाई उपस्थितिको लागि चुले निम्तो छ ।’
उक्त लोक दोहारी प्रतियोगीता कार्यक्रममा प्रवेश हुनको लागि ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमशः १ लाख ५१ हजार १ यस रुपौयाँ, १ लाख १ हजार १ सय रुपैयाँ, ५७ हजार ७ सय ७७ रुपैयाँ र २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भाग लिन चाहने समुहले १ हजार रुपैयाँ दस्तुर तिरेर टिम दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।