Logo

उपचारमा कमिसनको जालो, बाहिर सेतो भित्र कालोः डा.कालुसिंह खत्री



नेपालको स्वास्थ्य क्षेत्रको विकृत रुपलाई नजिकबाट थोरैले चिनेको छन् । देखेका छन् । तर धेरैले भोगेका छन् । त्यसको भित्रि कारण भने थोरैलाई मात्रै थाह छ भन्दा अन्यथा हुँदैन ।

स्वास्थ्य क्षेत्रमा भईरहेको लुटको अन्त्य गर्नको लागि निरन्तर लागि रहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालु सिंह खत्रीले आम नेपालीको जीवनमा प्रत्यक्ष जोडिएको कुरा आफ्नो फेशबुकमा यसरी लेखेका छन् ‘उपचारमा कमिसनको जालो पढिसकेपछी नलेखी बस्न सकिएन । हो स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितताहरु देखिन थालेका छन् ।

उपचारको क्रममा बिरामीलाई कमिसनको लोभमा चाहिने भन्दा बढी उपचार गरियो, नचाइने औषधिहरु लेखियो भन्ने आरोपहरु प्रशस्तै पढ्न पाइयो । तर पत्रकार मित्रले अलिकती काम अध्धयन गर्नु भएको जस्तो भान भएर केहि कुरा प्रष्टाउन जरुरी लागेर यो प्रतिकृया लेख्दै छु ।

सर्वप्रथम त बढी उपचार गर्‍यो वा नचाहिने शल्यकृया गर्‍यो भन्ने आरोप लगाउदा लगाउदै के कुरा बुझ्न जरुरी छ भने एउटै रोगको पनि विभिन्न किसिमाका उपचार बिधी हुन सक्छन । कुनै चिकित्सकलाई एउटा उपचार विधी उपयुक्त लाग्छ भने त्यही रोगको अर्को उपचार बिधी अर्को चिकित्सकलाई उपयुक्त लाग्छ ।

यसो हुँदाको आवस्थामा को सही वा को गलत भन्ने हुन्न ? बरु दुबै चिकित्सकले आफुले अपनाएको उपचारविधी सम्पुर्ण रूपम चिकित्सकिय आचारसन्हिता भित्र थियो कि थिएन भनेर केलाउन जरुरी छ । यदी चिकित्सकिय आचारसंंहिता भित्रै गरिएको हो भने दुबै उपचारको मुल्य आकाश जमिन फरक पर्न सक्छ । यस्तो अवस्थामा बढी शुल्क लिएको उपचार विधिलाई लुट भन्नु सरासर नाजायज हो ।

अब जेनेरिक औषधिको कुरा गरम । म स्वयम मेडिकल काउन्सिलको इथीकल समितिमा रहे पनि जेनेरिक नाम लेख्न हच्किने गरेको छु । अस्ती मात्रै पत्र पत्रीकामा बिरगंजमा रेहेका केहि औषधी कम्पनिका मालिक मिती गुजृयका दबाइका लेबल मिलाउदै समातिएका र कुनै कम्पनी मालिक त लागुऔषध कारोबारी भनेर फरार रहेको पढेको थिए ।

अब आफै विचार गरौ हाम्रो औषधी व्यवस्था विभागको नियमन गर्ने नियत र ल्याक्त। यस्तो विडम्ब्नापूर्ण आव्स्थमा कुनै चिकित्सकले आफ्नो आचारसन्हिता सम्झेर उपचार गर्ने कि आफुलाई भरपर्दो लाग्ने ब्रान्डको दबाइ आफ्ना बिरामीलाई लेख्ने । यो बडो अस्मन्जस्पूर्ण अवस्था आजको हाम्रो चिकित्सकिय अभ्यासको यथार्थ हो। कुरा यतिकैमा सकिन्न, हाम्रा पत्रकार साथीले नेपालमा रहेका अन्य ऐन कानुन सायदै अध्यायन गर्नु भएको छ नत्र त हाम्रो राज्यले नै नेपाल स्वास्थ्य व्यवसायी परिषद खडा गरेर अन्य सबैलाई औषधी उपचारको हक दिएको छ।

चिकित्सकले त लु कमिसन्को लोभमा ब्रन्ड फरक लेख्यो होला तर शिक्षा दिएर हैन कि ऐन बनाएर औषध उपचारको जिम्मा दिएर कती जानाको स्वास्थमा खेलवड भैरहेको छरु के हामीले हेक्क राखेका छौ तरु अर्को ब्रान्ड दिनु ठुलो अपराध हो कि आफ्नो क्षमता र शिक्षा भन्दा बढी काम गर्नु ठुलो अपराध हो ?

अनी हामीले बुझ्न जरुरी कुरा के हो भने चिकित्सकिय विषयमा आजसम्म जती पनि समाचार सम्प्रेषण हुन्छन त्यसमा बिरलै सम्बन्धित विषय बिज्ञसँग कुनै पनि राय सल्लहा गरिएको हुन्छ र हाम्रो समग्र समाज त्यही हौवाको पछी दौडिन छ। आज चिकित्सक र सामज बिचको दुरी बढ्नुमा चिकत्सकिय अभ्यासमा आइरहेको ह्रास भन्दा बढी मिडियाको प्रचारबजी जिम्मेवार छ ।

आज लेख्दै जादा अतुल सरले केबल घुस खाने चिकित्सक मात्र देख्नु भएछ तर त्यही चिकित्सकले पैसा छैन भनेर हात फैलाउने बिरामिको सित्तैमा उपचार गरेको, कुनै पनि दृष्टन्त नदेख्नुले नै यो कुरा प्रमाणित गर्दिन्छ कि आज आम सन्चार जगत चिकित्सक र समाज बिचको द्वन्द बढाउने खेलामा मात्र लागि रहेको छ।

म स्वयम इथीकल समितिमा रहेको हुँदा अतुलजीलाई खुल्ला रुपमै भन्ने चाहन्छु कुनै पनि चिकित्सकिय आचारसन्हिता उल्लङ्घनको प्रमाण छन भने मिडिया बाजी नगर्नुस हामीलाई प्रमाण ल्याएर दिनुहोस हामी हाम्रो ऐनले गर्ने अधिक्तम कारवाही गर्ने छौ हाम्रो सदस्यलाई।’



प्रतिक्रिया दिनुहोस्