Logo

कालिकोटको नरहरिनाथ गापाले भन्यो,‘समाचार पूर्वाग्रही भयो’



कालिकोट १४ चैत । जिल्लाको नरहरीनाथ गाउँपालिकाले समाचारमा आएको जस्तो आर्थिक अनियमितताको बारेमा अख्यतियारले फाईल अगाढी नबढाएको स्पष्ट पारेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गरेर गापा अध्यक्ष धीर बहादुर बिष्टले सञ्चारमाध्यमले एकतर्फि सूचना सम्प्रेषण गरेको भन्दै गम्भिर ध्यानाकर्षक जनाएका हुन ।

विज्ञप्तीमा भनिएको छ,‘विकासका सामान खरिद र बृद्धा भत्ताको नामा आएको रकमको दुरपयोग भएको भन्दै चैत ७ गते समाचार माध्ययमहरुले प्रकाशित एवम् प्रकाशित गरेको समाचार अर्नगल र असत्य छ, जनप्रतिनिधिहरुको वद्नाम गराउने नियत र पूर्वाग्रही सूचना सम्प्रेषण गर्नु उचित होईन, यसले समाज र स्वतन्त्र प्रेस जगतको भलाई हुँदैन ।’

कुनै पनि कुराको क्रियामात्रै लिने र प्रतिक्रिया नलिने किसिमको सूचनाले आत्मसम्मानमा चोट पुगेको दुख व्यक्त गरिएको छ । नरहरिनाथ गापा अध्यक्ष र उपाध्यक्षले जारी गरेको विज्ञप्ती यस्तो छ,

 



प्रतिक्रिया दिनुहोस्