विश्वनाथ सिम्खाडाः कालिकोट, १४ चैत । कालिकोटमा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडिको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।
विनापास बिदामा समेत सरकारी सवारी आफ्नो प्रयोजनका लागि र अरुलाई नै कुदाउन दिनथाले पछि त्यस्ता सवारी नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक नन्दाराम जैसीले बताए ।
निरिक्षक जैसीले कालिकोटका धेरै जसो गाउपालिका तथा नगर पालिकाका सरकारी मोटरसाईकल आज भोलि बिना लाईसेन्स जनप्रतिनिधिको नाममा फरक व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
अहिले यस्तो अवस्था वढ्ने थाले पनि चेकिङमा कढाई गरेको बताए । यस्ता खालका दुरुपयोग भएको खण्डमा रु ५ सय देखि एक हजारसम्म जरिवाना तिराउने गरेको पनि बताए ।
यस्तै यूवा जागरक अभियान कालिकोटका अध्यक्ष सुरेश शाहीले राष्टकोट नगरपालिकामा जनप्रतिनिधिको नाममा मोटर बाईकको चरम दुरपयोग भएको दाबि गरेका छन् ।
अध्यक्ष शाहीले लाईसेन्स बिना र जनप्रतिनिधिका आसेपासेहरुले सरकारी साधनको दुर पयोग गरेको आरोप लगाएका छन् ।