काठमाडौं, १८ चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा समपन्न लोक दोहोरी गीत ‘रनिङ शिल्ड’ प्रतियोगीताको उपाधी नगरकोट दोहोरी साँझले हात पारेको छ ।
त्यस्तै गामवेशी दोहारी साँझले दोस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानमा पृथ्वी ईन्टरटेनमेन्ट हाजिर भएको छ भने राजधानी दोहारी साँझ शान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ ।
अर्ना वियरको मुख्य प्रायोजनमा सम्पन्न दोहोरी गीत प्रतियोगीताको प्रथम पुरस्कार राशि १ ला ५१ हजार रहेको थियो ।
दोस्रो हुनेलाई १ लाख १ हजार र तेस्रो हुनेलाई ५७ हजार रहेको थियो । तसै गरि शान्त्वना स्थान हासिल गर्नेलाई २७ हजार नगद पुरस्कार रहेको थियो । चैत १३ गते देखि शूरु भएको उक्त प्रतियोगीता चैत १७ गतेसम्म चलेको थियो ।