Logo

मृगौला पीडित जिसीलाई आर्थिक सहयोग प्रदान



कौरव खत्रीः काठमाडौं, १८ चैत । गुल्मीको पौदी सेभ सोसाइटी काठमाण्डौ नामक संस्थाले बाग्लुङ्गका एक मृगौला पिडितलाई उपचार स्वरुप आर्थिक सहयोग गरेको छ ।

अध्यक्ष सन्तोष गिरी कोषाध्यक्ष सूर्य बहादुर खातीले संयुक्त रुपमा मृगौला पिडित बाग्लुङ्ग जिल्ला बडिगाड गाँउपालिका वडा नं. ५ खौलारा निवासी तिल बहादुर जिसीलाई नगद १ लाख, ३८ हजार आर्थिक सहयोग रकम हस्तान्त्रण गरेका हुन ।

सोसाइटीले शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि उक्क्त सहयोग रकम हस्तान्त्रण गरेको हो । मृगौला पिडित जिसीको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट नगद आर्थिक सहयोग जुटाएर जिसीलाईको स्वास्थ्य उपचारमा थप सहज बनाउन सहयोग गरेको सोसाइटीका कोषाध्यक्ष खातीले जानकारी दिए ।

केही बर्ष अगाडी देखि उक्क्त संस्थाले प्राकृतिक प्रकोप तथा दुखी, गरिव र विरामीहरुका लागि पिडितहरुका लागि आर्थिक सहयोग गदै आइरहेका छ । जिसीका दुबै मृगौला फेल भएपछि काठमाण्डौको ग्राण्डी हस्पिटलमा उपचार गराउदै आएका छन् ।

जिसीले भन्नुभयो आफ्नो स्वास्थ्य उपचारमा सरकारको तर्फबाट उचित उपचारको व्यवस्था मिलाईदिने हो भने उपचारमा सहज हुने भन्दै आफ्नोे स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्