Logo

नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा सम्पन्न



काठमाडौं, १९ चैत । नुवाकोटको ऐतिहासिक स्थल नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ । उक्तजात्रा महिना दिनसम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा मनाइदै आएको छ ।

नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि २०७४ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो ।

नुवाकोटको सबै भन्दा ठूलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्धितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र बुढी देवता अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ । द्धितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् ।

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा दिदी आएको अवसरमा सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ ।

भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्यार्इन्छ ।

देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनी सहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्‍याएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतिक सिन्दुर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिंदुर प्रदान गर्ने परम्परा रहेको छ ।

भैरवी मन्दिरको रथ अपरान्ह भैरबिका गुठियार लच्याङबासीहरुले भैरवी मन्दिर परिसरमा पुर्‍याएका थिए ।

धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिर तर्फ प्रस्थान गराउदाँ श्रीनाथ गण देवीघाटका ५० भन्दा वढि नेपाली सेनाले सलामी अर्पण सहित भैरवी मन्दिरको निशाना झण्डा पहराउदै बजागाजा सहितले सम्मान गरेको थियो ।

भैरवी मन्दिरमा धामी धमिनी सहितको टोली पुगपछि २०७४ सालको सिन्दुरे जात्राको सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको थियो ।

तलेजु मन्दिरमा आयोजित भोजमा धामी धमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो । भोज सम्पन्न पछि धामी धमिनी सहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि राखिने परम्परा रहेको छ।

औपरिक रुपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने चैत २५ गते हुने सरकारका प्रतिनिधि द्वारे मेहन्द्रकुमार शाहीले जानकारी दिनुभयो । विशेष गरि फागु पुर्णिमाको दिनदेखि सुरु हुने सिन्दुर जात्रा महिना दिन सम्म जारी रहने शाहीले बताउनुभयो ।

बुढि भैरवी देबि भैरबीको आमा र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिङ्गो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने छ । रथ पुगेको केही समय पछाडी धामी (धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा पुर्‍याइएको थियो ।

धामीधमिनीलाई धरमपानीबाट नुवाकोट भैरवी मन्दिर प्रस्थान गराउदाँ तीन नम्बर प्रदेशका सभामुख, उपसभामुख, काठमाडौं महानगरपालिकाका मेयर, प्रदेश सभाका प्रतिनिधि, जिल्ला प्रशसन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक, श्रीनाथ गण देवीघाटका गणपति, सैन्य तालिम केन्द्र त्रिशूलीका महासेनानी, अनुसार जिल्ला समन्वय समितिको कार्यालय नुवाकोट लगायतका जिल्लामा रहेको सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै स्थानीय उपस्थिती रहेको थियो ।

यस बर्ष भैरवी गुठिका गुठियार रहेका लच्याङबासीले रथ बोक्न अस्वीकार गरे पनि सिन्दुर जात्रामा सदियौं देखिको परम्परा उनिहरुले कायम राखेका छन् । नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्व बैशाख पुर्णिमा मेला अर्थात सिन्दुरे जात्रामा गत वर्ष नेपाली सेनाले रथ बोकेका थिए ।

देवीघाट पुगेका धामिधमिनी र बिभिन्न देवीदेवताका मुकुट पुनः धरमपानी हुँदै भैरवी मन्दिरमा पुर्‍याएपछि महेश मर्दिनी मन्दिरमा विभिन्न बिधिद्धारा बिशेष पुजाअर्चना गरिने र तत्पश्चात् धामिद्धारा धमिनीलाई सिन्दुर लगाइनुकासाथै सर्वसाधारणद्धारा समेत सिन्दुरको टीका लगाई हर्षोल्लासका साथ सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्