Logo

रामग्राम स्तूपको विकास प्राथमिकतामा



नवलपरासी, २४ चैत । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले पश्चिम नवलपरासीको रामग्राम स्तूप क्षेत्रको अवलोकन गर्नुभएको छ । गौतम बुद्धको अष्टधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्र पुगेर शुक्रबार भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री चौधरीले अवलोकन गर्दै प्रदेश सरकारले रामग्राम स्तूप र पण्डितपुरलाई लुम्बिनी र बुद्धसँग सम्बन्धित धार्मिकस्थलसँग जोड्ने मोनो रेल चलाउने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

प्रदेश नं ५ को छिटो विकास गर्न पर्यटन मुख्य स्रोत रहेकाले रामग्राम स्तूपसँगै प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको विकास गर्ने सरकारको बृहत् योजना रहेको उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य वैजनाथ जयसवालले पनि रामग्राम स्तूप र पण्डितपुरको विकासमा सकारात्मक धारणा व्यक्त गर्नुयो । सो अवसरमा स्थानीयवासीले रामग्राम स्तूपको संरक्षण तथा विकासका लागि स्वायत्त निकाय अर्थात् रामग्राम स्तूप विकास कोष नै खडा गर्नुपर्ने सुझाव दिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्