Logo

कतारमा ‘युवा जागरण र सशक्तिकरण’ विषयक कार्यशाला सम्पन्न



दोहा, २८ चैत । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले ‘युवा जागरण र सशक्तिकरण’ विषयक एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा शुक्रबार सालिमारा रेष्टुरेन्टको हलमा उक्त कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको आयोजक संस्था यूवा विभागकी संयोजक माया केसीले जानकारी दिएकी छन् ।

उक्त कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए भने ‘समृद्ध समाज निर्माणमा युवाको भूमिका र दायित्व’ भन्ने विषयमा कार्यक्रमका सहजकर्ता कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले तथ्यांक सहित प्रकाश पारेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका गल्फ सह-संयोजक प्रविण गुरुङ लगायत संघमा आवद्द कतारका प्रतिनीधहरुको साथै कतारका वैचारिक, जातीय र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्