Logo

नवलपरासी जिप दुर्घटना, एकको मृत्यु १२ जना घाइते



बाबुराम सिग्देलः नवलपरासी, २९ चैत । नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका ६ स्थित हडाहाटारबाट दलदलेका लागि छुटेको ना १ ज ५३३७ नम्बरको लेकबेसी यातायातको जिप दुर्घटना हुँदा एकजनाको घटना स्थल मै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

उक्त घटना भारतिपुर र जौवारिकोबीच कच्ची सडकमा आज बिहान ७ बजेर १५ मिनेट जादा दुर्घटना भएको बुलिङटार गाउँपालिका प्रहरी कार्यलयका असै राजेन्द्र थापाले जानकारी दिएका छन् ।

घटनामा सडक बाट जिप करिब ४०० मिटर तल खसेको र घाइतेलाई गाउँले जनताहरुले उद्धार गरि अन्य सवारी साधन खोजी अस्पताल पुर्याएको जानकारी असै थापाले दिएका छन् ।

जिप चालक र सहचालक सहित ११ यात्रु सवार रहेको र एकजनाको मृत्यु हुनुको साथै २ जनाको अवस्था गम्भीर भएको छ भने अन्य १० जनालाई टाउको, र हातखुट्टामा चोटपटक लागेको बताएका छन् ।

सोही घटनामा मृत्यु हुने तनहुँ जिल्ला रिसिङ गाउँ पालिका का निवासी भिम बहादुर मुक्मी चितौरे रहेको असै थापाले बताएका छन् । यात्रा गर्ने सवारीहरु बढी मात्रामा महिला भएको र पुरुष कम रहेका छन् । यात्रुहरु धेरै तनहुँकै परेको र नवलपुर जिल्ला बुलिङटार ६ का एकजना मात्रै भएको वडा अध्यक्ष सुर्य बहादुर रानाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्