Logo

मन्त्रीको हालिमुहालीमा ब्रेक !



काठमाडौं ३० चैत । अब मन्त्रीले समुह र विज्ञता नमिले पनि आफुलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिई एकैपटक तीस सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएको हो ।

गत साताको बिहीबार प्रधानमन्त्री ओलीले संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए ।

यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार विहानमात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्