Logo

कटुवा पेस्तोल सहित दुईजना पक्राउ



नेपालगन्ज, ४ वैशाख । बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ । नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो ।

आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्