Logo

त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्रय उडान ठप्प



काठमाडौं ७ बैशाख ।त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्रय उडान प्रभावित भएका छन् । गएराती मालिन्दो एयरको जहाज रन वे बाट चिप्लिएपछि सो जहाज हटाउन समय लागेकाले अहिले त्रिभुवन विमानस्थलको उडान र अवतरण दुवै ठप्प भएको हो । काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रहेको जहाज रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएको थियो । अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीको सहयोगमा जहाज हटाउने प्रयास भइरहेको छ । जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकिने भएपनि आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा रहेका १ सय ३९ यात्रु सकुशल छन् ।

विहीबार राति १० बजेर ७ मिनेटमा काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रहेको जहाज रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले सबै उडान र अवतरण रोकिएका हुन् । कार्यालयका प्रवक्ता ठाकुरका अनुसार अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास भइरहेको छ ।

आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको छ । जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भने रोकिने प्रवक्ता ठाकुरले जानकारी दिए । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । विमानमा रहेका १ सय ३९ यात्रु शकुशल छन् ।



प्रतिक्रिया दिनुहोस्