Logo

प्रचण्डको भूमिका बलियो हुनुपर्छ, एमाले-माओवादीबीच आलोपालो कै आधारमा पार्टी एकता गर्ने सहमति भएको होः वलदेव



कृषि प्रधान देश भएता पनि आयतमा निर्भर भएर बाँचिरहनु परेको छ हाम्रो देश नेपालले । कयन नेतृत्वहरु फेरिए । सरकारहरु बने । तर समस्याहरु झन विकराल बन्दै गईरहेका छन् ।

तमाम आशाहरुकोबीचमा वाम गठबन्धनको सरकारले फेरि पनि जनतालाई सपनाहरु बाढि रहेको छ । कृषिमा आत्मनिर्भर बनाउनको लागि अनेकन उपाए झिकिरहेको बताईहरको छ । उता आयातमा कुनै कमि आएको छनै् । ठूलो मात्रमा भारतसँग नेपालको ब्यापार घाटा छ । आयत पनि उत्तिकै ।

खास खास अन्नबालिको उर्वर भूमि भनेर चिनिने हाम्रो देश नेपालले खास खास अन्नबालि तरकारी र माछा मासुमा समेत भारतसँग निर्भर हुनुपरेको सत्य हो । अर्को तर्फ वाम गठगठबन्धनले हरेक समस्या समाधान गर्नको लागि गृहकार्य गरिरहेको बताउँदै छ ।

यि र यस्तै जनजीवनसँग जोडिएका समसामयिक विषय वस्तु र राजनीतिक सन्दर्भहरुका बारेमा पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्क मार्फ प्रसारण हुने कार्यक्रम नेपाली वहसका लागि कृषि तथा सहकारी मन्त्री चक्रपाणि खनाल वलदेवसँग गरेको कुराकानीको सम्पादीत अंश :

जनताको चाहना अनुसार कृषिमन्त्री बनेपछि कति काम गर्नु भयो ?

जनताको चाहना अनुसार काम गर्ने तयारी गरिदैछ । ०७५-०७६ को वजेटको तीव्र तयारी हुँदैछ ।

केपी ओलीको सरकार गठन भएको दुई महिना पूरा भईसक्यो केही काम गर्न सकेको छैन ?

दुई महिना मै परिणाम आउछ भन्ने त हुँदैन । शूरुवात राम्रो छ । स्थानीय तह, प्रदेश र केन्द्रको बारेमा नियम कानून बन्दैछन् । परिणामको लागि कुर्नै पर्ने देखिन्छ । परिणाम दुर्त गतिमा आउछ ।

तपाईले गर्नु भएको तयारीले कृषिमा आमुल परिवर्तन होला ?

मैले यस मन्त्रालयको जिम्मेवारी लिएको एक महिना भयो । एक महिनामा केही शूरुवात बाहेक परिणाम दिन सकिएको छैन् । आउँदा वित्ति कै परिणाम त दिन सकिदैन नि । म असमभव कुरा गर्दिन । नेपाल जस्तो देशमा आयत गरेर खाने कुरा लाजमर्दो कुरा हो । आत्मनिर्भर हुने र खास खास अन्नबाली, तरकारी र मासुका क्षेत्रमा आत्मनिर्भर कसरी बन्न सकिन्छ भनेर लागि रहेका छौँ । कुरा ठूला गर्ने तर काम नगर्ने । आयत गरि खाने । उत्पादनलाई ध्यान नदिने प्रचलनको अन्त्य आजको आवश्यकता हो ।

कृषकले सोझै अनुदान पाउने, भएको जग्गामा उत्पादन गरेर खानको लागि वातावरण बनाउने, आम कृषकहरुमा नयाँ कृषि प्रणाली लागू गर्ने बाटो खोज्दैछाँै ।

समथर जमिन कित्ता काटको मारमा छ नि हो ?

हो पक्कै हो ।

समस्या समाधान किन गर्न सक्नु हुँदैन ?

सबै भन्दा ठूलो समस्या जमिन बनेको छ । समथर जमिन घर लगाउनमा प्रयोग भएको छ । जमिनको दुरपयोग बढेको छ । यसलाई रोक्नको लागि पनि सरकारले गृहकार्य गर्दैछ । जमिनको वर्गिकरण गर्न बाँकि छ । कित्ताकाट रोकिन्छ । कित्ता काट रोकिनु मात्रै जमिनको उचित प्रयोग भएको मानिदैन । भू–उपयोगलाई कसरी प्रभावकारी बनाउने भन्नेमा हामी लागेका छौँ ।

भू–उपभोग नीति बनाउनु पर्छ भन्नेमा म छु । एकातर्फ किटकासक औषधिले खत्तम बनाएको छ । अर्को तर्फ घरेडिको किनबेचले भूमिको दुरपयोग बढेको छ । यो शहरको कुरा भयो । पहाडमा जमिन एकिकृत गर्नुपर्छ ।

उसो भए कित्ताकाट रोकिन्छ ?

रोक्निछ । लुकिछिपि यस्तो कामम भईरहेको छ । कर्मचारहरु पनि अल्मलिनु भएको छ । मैले पनि थाह पाएको छु । तर चुप बसेको छु ।

तपाइले अपराध दुख्दा देख्दै पनि चुप बस्न मिल्छ ?

एकदम मिल्दैन । तर नीति नबनाएर एकदुई जनालाई कारबाही गर्दा यो विकराल समस्या समाधान हुँदैन । नीति बनाएर यसको दिगो उपचार खोज्नको लागि गृहकार्य भईरहेको छ । मोही, गुठि र मालिकको नाममा रहेको जमिनको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता हो । सरकार यसैमा लागेको छ । कृषियोग्य जमिनको व्यवस्थापन गर्नुपर्छ ।

भूमि व्यवस्थापना नीति आजको आवश्यकता हो उसो भए ?

हो । पक्कै पनि हो । भूमिहिनलाई भूमि र भूमि व्यवस्थापनाको लागि नीति निमार्ण गर्नु पहिलो आवश्यकता हो ।

सुकुम्वासीहरुको लागि जमिन प्रदान गर्नु हुन्छ ?

अदालतमा मुद्धा चलेका छन् । अव्यवस्थित रुपमा बस्दै आएका मानिसहरुलाई व्यवस्थित गर्नुपर्छ । आयोगले काम गर्न सकेको छैन् । कतिपय जिल्लामा जग्गा प्रदान गर्ने पैसा उठाउनुस् भनेको पाईन्छ । यो समस्या केही वर्षभित्र हट्छ ।

मोहीको संख्या पनि उत्तिकै छ नि ?

छ त्यसको पनि समस्या समाधान हुन्छ ।

यूवाहरुले सहुलियत ऋण किन पाउदैनन् ?

सहकारीहरुले चर्को ब्याज आउने ठाउँमा मात्रै ऋण दिने काम गर्छ । तुरुन्तै लगानीको मुनाफा आउछ । सहरकारी त्यहि गर्छ । यो गलत छ । हामीले यस्तो प्रक्रियाको अन्त्य गर्ने र सहरकारीलाई यूवा मैत्री बन्नको लागि आवश्यक सुझाव दिएका छौँ । उत्पादन सहकारी र कृषी सहकारीलाई ग्रामीण भेग र गरिब बस्तिहरुमा लगेर काम गर्नुपर्छ । यूवाहरुले ऋण पाउनु पर्छ ।

एमाले र माओवादीबीचको एकता किन टर्यो ?

एकता हुन्छ । केही समय पर धकेलिएको मात्रै हो । थप गृहकार्य हुन्छ । एकताको लागि पार्टी अध्यक्ष प्रचण्ड र ओलीबीचमा यसका बारेमा गम्भिर छलफल भएको छ । एकतालाई लिएर राष्ट्रिय विषय बनाउनको लागि यस्तो समयको खाँचो परेको हो । एकता हुन्छ ।

प्रचण्ड एकिकृता पार्टीको अध्भ्यक्ष बन्ने खेलमा र ओली माधव नेपाललाई अध्यक्ष बनाउने आन्तरिक तयारीमा लागेको कारणले एकता धरापमा परेको हो ?
गलत कुरा हो । एकता र विलयको बारेमा सबैलाई थाह छ । विलय हुने मन भए त्यो फरक कुरा हो ।

एकतामा हिजोका दिनमा नेताहरुले गरेका योगदानको कुरा आउछ । एकता रोकिदैन् । आलोपालोको आधारमा पार्टी एकता हुन्छ । जिम्मेवारी प्रचण्डको बढि नै हुनुपर्छ । एमालेसँग हाम्रो सहमति पनि आलोपालो कै आधारमा पार्टी एकता गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot