Logo

अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सद्धारा तेस्रो कार्यसमिति घोषणा



काठमाडौं, ८ बैशाख । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय सस्था अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सले आफ्नो तेस्रो कार्यकालको लागि कार्यसमिति घोषण गरेको छ ।

अमेरिकामा केन्द्रिय कार्यलल रहेको आइएनबिडिले बिस्वका २० मुलुकमा रक्तदान कार्यक्रम तथा रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै आएको सस्थाका प्रमुख संरक्षक एवं १६२ औं पटक रक्तदान गरिसकेका रक्तदान कार्यक्रमका अन्तर्राष्ट्रिय अभियान्ता अर्जुन प्रसाद मैनालीले बताउनु भयो ।

बिस्वमा छरिएका नेपालीहरुलाइ रक्तदानमा अभिप्रेरित गर्दै रक्तदान कार्यक्रममा सहभागी गराउन सस्थाले महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । नयाँ कार्यसमितिले नेपालमा रक्तदान अभियानलाई सहयोग पुर्याउने उदेश्यले आफ्नो २ बर्षे कार्यक्रम ल्याउन लागेको सस्थाका अध्यक्ष तथा १४५ औं पटक रक्तदान गरिसकेका रक्तदान अभियान्त अजय सत्यालले बताउनु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी र रक्तदानको छेत्रमा काम गर्ने सघ सस्थाहरुलाइ साथमा लिएर अगाडि बड्ने घोषणाका साथ नयाँ कार्यसमितिको कार्यविभाजन समेत गरिएको छ ।

कार्यसमितिमा देहाय बमोजिम रहनु भएको छ

१। अध्यक्ष श्री अजय सत्याल अमेरीका
२। संस्थापक अध्यक्ष श्री अर्जुन प्रसाद मैनाली अमेरीका
३। उपाध्यक्ष( श्री गोविन्द सिंह रावत क्यानडा
४। उपाध्यक्ष( श्री एभरेष्ट गौतम बेलायत
५। उपाध्यक्ष( श्री बिनोद भट्टराई कतार
६। महासचिव( श्री निरन्जन पौडेल ९नपाल
७। सचिव( श्री राहुल रेग्मी भारत
८। कोषाध्यक्ष( श्री उत्तम अधिकारी नेपाल
९। सदस्य( श्री केदार तिमिल्सेना अमेरीका
१०। सदस्य( श्री खेटराज मैनाली नेपाल
११। सदस्य( श्री प्रशान्त उप्रेती फ्रान्स
१२। सदस्य( श्री कर्ण बहादुर अधिकारी मकाउ
१३। सदस्य( श्रीमती बिनिता रिमाल बेल्जीयम
१४। सदस्य ( श्री भोला लामिछाने स्पेन
१५। सदस्य( श्री बिनोद प्रसाद मैनाली अस्ट्रेलिया
१६। सदस्य( श्री नरेश मल्ल बहराईन
१७। सदस्य( श्री डम्मर रिमाल कुबेत

संयोजकहरुमा

१। भारत संयोजक श्री लक्ष्मण पाण्डेय
२। ओमन संयोजक श्री भरत अधिकारी
३। दुबई संयोजक श्री नवराज बस्नेत

सस्थाले मिडिया कोअनेटरमा पत्रकार एवं रक्तदाता नेत्र बिक्रम बिमलिलाइ नियुक्त समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्