काठमाडौं, ८ बैशाख । सर्वनाम थिएटरको सहकार्य तथा मधुवन, उर्वरा फाउण्डेशन, शब्द घर रलगायतको आयोजना सम्पन्न महफिलमा गजलकार सुमन स्मारिका र जया ओझाले सशक्त प्रस्तुति दिएकी छन् ।
टिकट काटेर महफिल सुन्नेहरुको संख्या कम थिएन । शुल्कमा गजल सुन्न पुगेका दर्शकलाई स्मारिका र जयाले गजबले मनोरञ्जन र सन्देश प्रवाह गरेकी छन् ।
राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजिक महफिलमा दर्शकहरु खचाखच भरिएका थिए । निक्कै व्यस्तताको परिचय बनाएको सर्वनाम थिएटरमा गजलकारद्धय स्मारिका र ओझाले तीन चरण गरि ९–९वटा गजल वाचन गरेकी थिईन ।
स्मारीका वाचनको अन्तीम वक्ता सूचिमा परेको अवस्थामा दर्शको आग्रहमा उनले एउटा गजल बढि वाचन गरेकि थिईन । रोचक त के भने थिएटरमा दर्शकहरुले गजल सुनेर भन्दा नसुने रै हल्ला गरेको जस्तो पनि लाग्थ्यो । र अर्को तर्फ सम्वेदनाका गजलहरुमा पनि हल्ला र तालि बज्थ्यो । यसरी हेर्दा हल्ला गर्नकै लागि र सर्जकको हौसला भन्दा उचालेको जस्तो भान पनि हुन्थ्यो ।
समग्रमा दुवै सर्जकका जगहरु दम्दार नै हुन । स्मारिकाका गजलहरु अझै वजनदार थिए भन्दा अन्यथा हुँदैन । सशक्त गजलकारको परिचय बनाई सकेकी स्मारिका हिन्दी गजल समेत लेख्न सक्छिन् । कार्यक्रमको संयोजन तथा सञ्चालन गजलकार बाबु त्रिपाठीले गरेका थिए ।