Logo

राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जाँदैन् : केसी



काठमाडौं, ९ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विचार र व्यबहार मिल्ने कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिएका छन् । कम्यूनिष्ट दिवसको अवसरमा नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लाकप्रिय कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष केसीले यस्तो बताएका हुन ।

उनले भने,‘धेरै कुराहरु मिल्ने राजनीतिक दलहरु मिल्नुपर्छ भन्ने मेरो मान्यता हो, एमाले र माओवादी असोजदेखी एकताको रटान रटिरहेका छन्, हामीले पार्टी एकता नगर्ने भनेर पहिले नै भनिसकेका हौ ।’

उनले अघि थपे,‘पार्टी एकता सजिलो हुँदैन, सजिलै गर्न सकिने कुरा कार्यगत एकता गर्न सकिन्छ, हाम्रो पार्टीले पनि विचार मिल्ने राष्ट्रवादी पार्टीहरुसँग कार्यगत एकता गर्छ, महाकालि सन्धीहुँदा राप्रपासँग पनि कार्यगत एकता गरेका थियौं, पार्टी एकता र कार्यगत एकता फरक छ।’

उनले भने,‘०४६ सालको जनआन्दोलनमा काँग्रेससँग, दोस्रो जनआन्दालेनमा काँग्रेससँग मिलेर परिवर्तनको पक्षमा हामी उभिउभियौं, स्थानीय तहमा कााग्रेससँग गर्यौ, हाम्रो पार्टी देशको पक्षमा रहँदै आएको पार्टी हो ।’

एमाले माओवादीसँग राजमो एकता गर्दैन ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा केसीले भने,’उनीहरु एकतामा जादैछन् । पार्टी एकतामा जानुस् । राष्ट्रियताको पक्षमा लाग्नुस्, भष्ट्रचारीलाई कारबाही गर्नुस् भनेका छौँ, राम्रा कामको बारेमा हामी जहिले सकारात्मक छौं, जनताले निर्वाचनमा एमाले माओवादीलाई एकताको लागि अनुमोदन गरेका छन्, एकता होस् शुभकामना छ।’

मोहन वैद्य र विप्लवसँग पार्टी एकता हुने सम्भावना छ त भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष केसीले भने,‘अहिले पार्टी एकता हुँदैन, पार्टी एकता हुँदैन, संघीयता उहाँहरुले स्वीकार गर्नु हुन्छ, हामीले संघीयता स्वीकार गर्दैनौं, राष्ट्रियताको बारेमा जुनसुकै पार्टीसँग पनि कार्यगत एकता हुन्छ, प्रधानमन्त्री भारत भ्रमणमा जादा नेपाललाई घाटा हुनेकाम नहोस्, राष्ट्रघाति सम्झौता नहोस् है भनेर केही अन्तरक्रियाहरु सँगै गरेका थियौँ ।’ कम्युनिष्ट आन्दोलनको शिर्ष नेताको रुपमा रहेका अध्यक्ष चित्र केसी पूर्व उप–प्रधानमन्त्री समेत हुन ।



प्रतिक्रिया दिनुहोस्