Logo

हमालकी श्रीमती मधुले भनिन्,‘अब म आमा बन्न चाहन्छु’



काठमाडौं, १० बैशाख । प्रसिद्ध एउटा प्रसँग छ । वाफबाट पानी जहाज चल्छ । यो कुरा धेरैलाई थाह भएकै कुरा हो । पानी जहाँका पीता भनेर चिनिएका वैज्ञानिक जम्वाटलाई त्यो बेला भनिएको थियो,‘वाफबाट जहाँज चलाउन सक्दैनस् ।’

(१९ जनवरी, १७३६, २५ अगस्त, १८१९) स्कटल्याण्डका एक अन्वेषक एवं यान्त्रिक ईन्जिनियर जम्सवाटले वाफबाट पानी जहाँज चलाएर देखाई दिए । त्यसपनि तयस दुनियाँले भन्यो जहाँज त चल्यो अब रोकिदैन, जहाँज गन्तव्यमा रोकियो, अझै त्यस दुनियाँले भन्न छोडेन फर्किदैन, यस्तै यस्तै..। हाम्रो नेपाली समाजमा पनि यस्तै एउटा रमाईलो प्रसंग छ ।

हाम्रो समाजले उमेर पुगेको नागरिक विवाह बन्धनमा बाँधिएको देख्न चाहन्छ । बिवाह गरि सकेपछि सन्तानको आमा, बाबा बनोस् भन्ने चाहन्छ । उमेर पुुगेका पुरुष महिलाले बिवाह नगर्दा अनेकन टिप्पणी हुने गरेको सत्यलाई नकार्न मिल्दैन ।

अर्को तर्फ बिवाह गरिसकेको केही वर्षमा सन्तान जन्मिएन भने समाजले फेरी कुरा काट्न थाल्छ । यस्तै यस्तै…हाम्रो समाजमा एउटा नजिर बसेको छ । नयाँ पुस्ताले यो नजिर तोड्नु पर्छ । जीवन र प्रेमलाई सम्मानित बनाउनेमा चुक्नु हुँदैन ।

प्रेम र शारिरीक सम्बन्धको बारेमा नेपाली समाज अलि लजालु छ । संक्रिण छ । लजालु हुनु स्वीभाविक भएपनि शारिरीक सम्बन्धलाई संक्रिणताको दृष्टिकोणबाट हेर्नु हुँदैन ।

विगत अध्ययनको लागि, वर्तमान क्रियाशिलताको लागि र भविष्य योजनाको लागि हुन्छ । अध्ययन, क्रियाशिलता र भविष्यको बीच भागमा रहेको जीवन सबै भन्दा उपयूक्त हुन्छ । नेपाली समाजले यो प्रसँग अनुसारको जीवन ज्यून जान्नुपर्छ । यसै बिवाह र सन्तानको प्रसंगमा आजको दिनसम्म महानायक राजेश हमालको आफ्नै प्रकारको चर्चा हुने गरेको छ ।

महानाय राजेश हमालको जीवन संगीननि मधु भट्टराईले आमा बन्ने अपेक्षा प्रकट गरेको खुलासा भएको छ । एक सुत्रका अनुसार हमाल श्रीमती भट्टराईले यस्तो अपेक्षा र आमा बन्ने चाहना प्रकट गरेको खुलासा भएको हो ।

महानायक राजेश हमालले केही समय अघि चर्चित कार्यक्रम धमलाको हमलामा श्रीमती भट्टराई र आफ्नो बीचमा सन्तान नजन्माउने सहमति भएको बताएका थिए ।

कार्यक्रम ‘धमलाको हमला’मा हमालले भनेका थिए,‘विहे भईदिएको हो, मैले गरेको होईन, विहे नै नहुनु पर्ने हो भयो, भए राम्रै हो, नभएपनि ठिक्क छ, उत्तराधिकारी वीरेन्द्र राजाको पनि छैन्, कृष्ण प्रसाद भट्टराईको पनि छैन्, मेरो हुनैपर्छ भन्ने छैन् ।’
भिडियो हेर्नुस्



प्रतिक्रिया दिनुहोस्