काठमाडौं, १२ बैशाख । नेपालको हकमा ऐतिहासिकता र धार्मिक, साँस्कृतिक रुपमा अनुकरणीय जिल्ला हो सिन्धुली । विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका सेनाहरूले (डोयहरू) काठमाडौंँमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै जनकपुर फर्किदा कमलामाई मन्दिरमा चढाएको मुकुट, मुलकोट, खुर्कोट जस्ता कोट लागेका स्थान, सुल्तान समसुद्दीनको काठमाडौंँ आक्रमण, विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंं ध्वस्त बनाएको इतिहासको कारण सिन्धुलीगढी प्रमुख रणनीतिक नाकाको रूपमा सधैं रहन पुगेको थियो !
अर्को कुरा सिन्धुलीगढिमा अंग्रेजहरुसँग वीर नेपालीहरुले पानी नखाई लडेको बिराट ईतिहास पढ्नेहरुलाई थाह छ । नेपाल अंग्रेज युद्ध (विसं १८७१–१८७३) अवधिभर सिन्धुलीगढी सम्बेदनशील नाकाको रुपमा रहेको ईतिहास छ ।
सिन्धुलीगढि नाकासहित विजयपुरदेखि हरिहरपुरगढीसम्मको लागि नेपालका तर्फबाट काजी जनरल भिमसेन थापाका भाई कर्णेल बख्तावरसिंह थापा सेक्टर कमाण्डर रहेका थिए भने काजी रणवीर सिंह थापा सिन्धुलीगढीमा स्थानीय कमाण्डरको रुपमा रहेका थिए !
ठूलो सतर्कताका तथा निगारानी अपनाइएको यस युद्धमा अंग्रेजहरूको कुनै शक्तिले काम गर्न सकेको थिएन ! उक्त ऐतिहासिक जिल्लाको कमलामाई नगरपालिका, भीमानमा जन्मीएकी गायिका हुन कविता थापा । देवि बहादुर थापा र रुकमणी थापाको कोखबाट जन्मीएकी गायिका थापाको कलाकारिता क्षेत्रमा नयाँ डेब्यू हो ।
हुन त कलाकारितामा सिनियर र जुनियरको कुरा उमेर र योग्दान बाहेक अरु तर्फ छुट्याईएको पाईदैन । गीतहरु रुचाईएको खण्डमा नयाँ कलाकारहरु पनि उत्तिकै रुपमा आफूलाई अब्बल सावित गर्दै आएका छन् ।
केही समय अघि मात्रै कविताको शब्द-संगीत रहेको ‘काँन्छा रे काँन्छा’ बोलको आधुनिक गीत म्यूजिक नेपाल मार्फत सार्वजनि गरिएको हामीलाई जानकारी दिएकी छन् ।
म्यूजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको उक्त गीतमा उनलाई अभिनयमा वुद्धवीर थापाले साथ दिएका छन् । उक्त गीतमा विक्रम चौहानको निर्देशन, प्रकाश खड्को छायांकन तथा राजेश कुँवरले सम्पादन रहेको छ ।