धनराज वास्तविक । काठमाडौं, १२ बैशाख । आज बैशाख १२ गते । आजभन्दा ठिक तीन वर्ष अघि आजैकै दिन हाम्रो देशले ठूलो जन धनको क्षति व्यहोर्नु पर्यो । र आजको दिनसम्म पनि त्यो भूकम्पबाट प्रभावित संरचनाहरुको पूनःनिमार्ण र मानव जीवनले बाँच्नको लागि उचित किसिमको वातावरण पाउन सकेको छैन् भन्दा अन्यथा हुँदैन ।
अनेक सरकार र सिईओ फेरीय तर समस्या उस्तै छन् । हजारौं मानिसको लागि र हामी बाँचेकाहरुको लागि कहालि लाग्दो रुपमा उदाएको त्यो दिन अर्थात २०७२ बैशाख १२ गतेलाई आजको दिनमा मात्रै होईनन् जुनसुकै दिनमा सम्झिदा पनि शरिरमा अत्यासले आक्रमण गर्छ ।
शनिबार दिन थियो । भित्ताको घडिमा बिहानको ११ बजेर ५६ मिनेट गईरहेको अवस्था थियो । त्यसैबेला एक्कासि धर्ति काम्न थाल्यो । मानौं एउटी अवला अपहरणकारीको बीचमा परेर थरथरी कापेको जस्तै ।
गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरको त्यो भुकम्पले हजारौको जीवन लिला समाप्त पार्यो । हजारौंका जीवन घाईते बनायो । हजारौं घर, उत्तिकै मन्दिर र विराट सम्पदाहरु खण्डहरमा परिणत बनायो । त्यसैले आजको दिन नेपालीहरुको लागि कालो दिन हो ।
मन्दीर ढलेपनि, घरहरु लडेपनि, हामी नेपालीहरुको आस्था, विश्वास र कतव्र्यमा कुनै कमि छैन् । हामीले मुलुकलाई समृद्धिको बाटोमा हिडाउने अभियान शूरु गरिसकेका छौँ । अबका दिनमा हामीले प्राकृतिक बाहेक अन्य छिमेकी नाकाबन्धि, हत्या हिँसा र युद्ध जस्ता कुराहरु व्यहोर्न नपरोस भनेर कामना गरिहरका छौँ । एकातिर देश भूकम्पले क्षतविक्षत भएको थियो । त्यसै माथि दोस्रो सविधान सभाबाट जारि गरिएको नेपालको संविधान २०७२ लाई लिएर छिमेकी देश भारतले अघोषित नाकाबन्धि लगाउँदा झनै हामी नेपालीहरु दुखित र मर्माहत बनेका थियौं ।
उल्लेखीत सम्झनाहरुसँग जोडिएको आजको दिनलाई हिजो अर्थात बैशाख ११ गतेलाई जोडेर हेर्न मन लाग्यो । बैशाख ११ गते हाम्रो लागि स्वर्णिम दिनको रुपमा बित्ने दिन हो । किन कि हिजो बैशाख ११ गते लोकतन्त्र दिवस हो । जुन दिन हजारौं शहिद र अथक प्रयासबाट प्राप्त गरिएको लोकतन्त्र स्थापना भएको दिन हो । २०६२ चैत २४ गतेबाट शूरु भई ०६३ बैशाख ११ गते सम्पन्न १९ दिने दोस्रो जन आन्दोलनले लोकतन्त्र स्थापना गरेको कुरा सबैलाई जानकारी नै छ । भूकम्प र लोकतन्त्रको सम्झनामा यति नै ।
एक दिन अघि ऐतिहासिक दिन र एक दिन पछि आज बैशाख १२ गतेलाई एकै साथमा सम्बोधन गर्नुको कुनै कारण छैन् । तर पनि भूकम्प आउनु भन्दा अगाढि नै हुनमानढोकामा मैले देखेको एउटा तस्बिरले मलाई दुखित बनाएको थियो ।
१० वर्षे माओवादी जनयूद्धमा स्वयम हामीहरुको पनि प्रत्यक्ष र परोक्ष रुपमा संलग्नता रहेको थियो । भलै जनयूद्धको पर्दा पछाडि लुकेका कारणहरु हामीलाई थाह थिएनन् होला । कि मृत्यु कि मुक्ति भन्ने कुरा नै आर्दश लाग्थ्यो त्यति बेला ।
कुरा २०७१ सालको हो । महेन्द्र रत्न क्याम्पस ताहचलमा स्नातक पूरा गरेको मार्कसिट लिन जादैथिए । हनुमान ढोकातिर आँखा दौडिए । नाराहिटिको राजा फालेर गणतन्त्र ल्याएको मुलुकको एउटा महत्वपूर्ण प्रहरी प्रशासनका रुपमा रहेको हुनुमानढोकाको साईनबोर्डमा श्री ५ को सरकार देख्दा अच्चम्म लागेको थियो । अर्को मनले परिर्वतन हुन्छ होला । गर्छन् होला । समय र शासन अनुसार प्रहरी प्रशान चल्नुपर्छ भनेर संविधानले नै भनेको छ ।
लोकतन्त्रका १३ वर्षमा पनि हनुमान ढोकाकामा श्री ५ महाराजा धिराज सकार लेखिएको साईन बोर्ड सजिएको छ । हुनत यो साईन बोर्डले कसैलाई तर्साउदैन । उसले कसैलाई खाँदैन । तर आजका दिनसम्म मुलुक गाउँपालिका, नगरपालिका हुँदै प्रदेश र केन्द्र सरकार बनिसक्यो । प्रदेश नम्बर ३ मा रहेको काठमाडौंमा देखिएको दृश्य आज फोटो पत्रकार मुकुन्द कालिकोटेले आफ्नो क्यामेरामा कैद गरेका हुन ।
भूकम्प गएको दिनलाई आधार मानेर प्रधानमन्त्री ओलीले पहिलो प्रधानमन्त्रीय कार्यकालमा म बनाउछु मेरो धरहरा भन्ने नाराका साथ आर्थिक संकलनको अभियान शूरु गरेका थिए ।
त्यहि धरहरा निमार्णको लागि डोको, कोदालो बोकेर श्रमदान गर्ने जानकारी गराउन पुगेका छन् । भूकम्प प्रभावितहरुले राहत नपाएको गुनासो पोखिरहेका छन् । पुनःनिमार्णको कामको आवस्वस्त गति देखिदैन । देखिन्छन त यस्ता सामान्य कुराहरु । अर्को तर्फ सामान्य लापर्वाहीले दिईरहेका गम्भीर प्रश्नहरु ।