धनराज वास्तविकः काठमाडौं, १४ बैशाख । लोक दोहोरी गायक भागिरथ चलाउने लोक दोहोरी गीतको क्षत्रमा कर्णप्रिय नाम हो । उनै सुमधुर स्वरका धनी गायक चलाउनेसँगको सहकार्यमा जुटेर आफ्नो साँगितिक भविष्यलाई अब्बल सावित गर्न सफल गायिका हुन भूमिका गिरी ।
केही समय पहिले यो जोडीले ‘गोरपुरको सलाइ’ बोलको गीत बजारमा पठाएका थिए । त्यो गीतले पनि बजारमा आफ्नो पहिचान कमाउन सफल भएको थियो । भुमिका गिरीको प्रस्तुतीका रुपमा ‘मायाको पिरलो’ बोेलको नयाँ लोक दोहोरी गीत बजारमा आएको छ ।
एउटा गीत चल्नको लागि वा दर्शक पाठकको मनमा कैद गर्नको लागि धेरैको हात रहन्छ । शब्द, संगीत, गायक, गायिका र अभिनय कर्ता, म्यूजिक कम्पनि, अहिले त यूटुव च्यानलको पनि हात रहन्छ ।
भूमिका गीरी भाग्यमानि गायिका पनि हुन । उनको राम्रा गायक, चलेका अभिनय कर्ता र लय शब्दको क्षेत्रमा आफूलाई खरो रुपमा उतारेका सर्जकसँगको सम्बन्ध राम्रो छ । आफैमा पनि उनको स्वरमा मिठास र मिलनसार प्रवति उनको परिचय हो । हिजो मात्रै बजारमा सार्वजनिक गरिएको गीतको लय गायक तथा सर्जक खेम सेन्चुरीले निमार्ण गरेका हुन भने शब्द नेत्र अर्यालले रचना गरेका हुन ।
गीतमा चर्चित गायक तथा अहिलेका चर्चित मोडल रामजी खाँड र रश्मी तामाङको अभिनय रहेको गीत भूमिका गिरीले आफ्नै यूटुव च्यानल मार्फ सार्वजनि गरेकी हुन । यस गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । साई भिजनले बजार ब्यबस्थापन गरेको गीतको छायाँकन राजेश घिमिरे र सम्पादन बिस्नु शर्माले गरेका हुन ।