काठमाण्डौ, १४ वैशाख । सार्थक डिजिटल प्रा.लिले ‘नेपाल लोक आइडल २०७५’को आयोजनाा गर्ने भएको छ । मौलिक लोकगीत संगीतको संरक्षण, प्रवर्द्धन र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त आईडल गर्न लोगको हो ।
लोक गीतको ईतिहासमै पहिलो र ठूलो आईडलमा नव प्रतिभावाहरुको खोजि गरिने आयोजक संस्थाका प्रबनधन जीवन पन्तले जानकारी दिएका छन् । सार्थक डिजिटलले आयोजना गर्ने ‘नेपाल लोक आइडल २०७५’ को प्रोडक्सन तर्फको सम्पुर्ण जिम्मेवारी जेब्रा क्रियशनले लिने बुझिएको छ ।
नेपाल लोक आर्इडलका लागि देशका विभिन्न स्थानमा अडिशन हुने र अडिसनमा छानिएका प्रतिस्पर्धीहरुलाई टप टेनको लागि काठमाण्डौमा प्रतिस्पर्धा गराइने छ ।
नेपाल लोक आर्इडलको मिती र स्थानबा बारेमा केही दिनमै पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने आयोजकले बताएको छ । नेपाली लोक संस्कृतिको संरक्षणका लागि थालिएको यस कार्यमा, दर्शक, गीत संगीतका सर्जक, स्रष्टा, गायक गायिका, पत्रकार, सम्बद्ध संघ सस्थाले साथ दिने आयोजकले अपेक्षा गरेको छ ।