बाबुरा सिग्देलः नवलपरासी १४ बैशाख । नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिकामा बिकासमा जवाफदेहिता र सुचनाको हक बिषयक तालिमको उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना र बुलिङटार गाउँपालिकाको सहयोगमा उक्त तालिम भएको हो ।
उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको सभापतित्व तथा सहसचिव बिष्णु गौडेलले संयोजन गरेका थिए । सोही समारोहमा गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटी प्रमुख अतिथी रहेका थिए भने उपाध्यक्ष मैना बि।क र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी बिशिस्ट रहेका थिए ।
अरु अतिथिमा कावासोतिमा अवस्थित सिद्धार्थ अपसेटका प्रोपाईटर तथा पत्रकार श्रीराम सिग्देल लगायत मिडियाका पत्रकारहरु र गाउँपालिकाका वडा अध्यक्ष हरुलो सहभागीता रहेको थियो ।
उक्त तालिम उद्घाटनको दिनमा विभिन्न मिडियाका पत्रकारहरु करिब २० जनाको हाराहारिमा उपस्थित रहेको थियो भने ३५ जनाको हाराहारिमा गाउँपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सहभागी भएका हरुलाई काठमाडौं देखि आएका प्रशिक्षक सञ्जीव घिमिरेले शिक्षा दिएका थिए । उक्त कार्यक्रम १४ र १५ गते दुई दिनको रहनेछ भने १५ गते नेपाल सरकारका सुचना आयुक्त किरण पोखरेल आएर सुचनाको हकको लागि तालिम दिनेछन् ।